-आमा–छोरीको कुहिएको शव

आमा–छोरीको शव कपडाले बेरेर कुहिएको अवस्थामा फेला 

Hollywood Khabar December 08,2019 Comments

२४ मंसिर, पर्सा ।वीरगञ्जमा कपडाले बेरेर राखिएको अवस्थामा आमा–छोरीको कुहिएको शव फेला परेको छ ।वीरगञ्ज महानगरपालिका वडा नं. १२ शिवनगर नयाँ टोलस्थित मोहन झाको घरमा डेरा गरेर बस्दै आएका बारा कलैया उपमहानगरपालिका वडा नं. २६ सिसुवा महेशपुरका पवन साहकी अन्दाजी २२ वर्षीया श्रीमती र अढाई वर्षकी छोरीको शव कुहिएको अवस्थामा फेला परेको हो।घरमा दुर्गन्ध फैलिएपछि घरबेटी झाले वडा प्रहरी कार्यालय श्रीपुरमा खबर गरेपछि प्रहरी निरीक्षक चक्रबहादुर मल्ल नेतृत्वको टोलीले ढोकाको ताल्चा फुटाएर हेर्दा शव कपडाले बेरेर राखिएको अवस्थामा कुहिएको शव भेटिएको थियो ।