-बरिष्ठ उपाध्यक्ष उम्मेद्वार अमृत सापकोटा र लेखक प्रतिक पाण्डे

NRNA US: बरिष्ठ उपाध्यक्ष उम्मेद्वार अमृत सापकोटालाई चुनाब जिते पनि हारे पनि शुभकामना-पाण्डे

Hollywood Khabar May 01,2019 Comments

कृष्ण के सी/अमेरिका/५/२/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा बरिष्ठ उपाध्यक्ष उम्मेद्वार अमृत सापकोटाको समर्थन गर्दै प्रतिक पाण्डेले आफ्नो धारणा राखेका छन्।

क्यालिफोर्निया निवासी पाण्डे नेपालमा हुँदा धरान क्याम्पसमा नेविसंघको चर्चा कमाएका व्यक्ति हुन्। नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरका पूर्व महासचिव पाण्डे २०१४ देखि संघको गतिबिधिमा संलग्न छन्। बाँकी पाण्डेको आफ्नै शब्दमा:

प्रतिक पाण्डे

कहिँ कतै पढेको थिए-गलत गलत हो चाहे त्यो सबैले गरिरहेका किन न हुन्, सहि सहि हो चाहे त्यो मात्र एक जनाले मात्र गरिरहेको किन न होस।

भिंड भन्दा फरक मत राख्नु गलत हैन र जहाँ भिंड छ सदैब सत्य त्यहीं हुन्छ भन्नु पनि गलत नै हुन्छ। तपाईं एक्लै भए पनि सत्यको साथ छोड्नु हुन्न। ढिलो चाडो सबैले सत्य स्विकार्नै पर्छ र सत्यको पक्षधर हुनैपर्छ, सत्य त्यहि हो। फरक यति हो, कसैले खुलेर सत्य रोज्छ, कसैले आफ्नो अन्तरात्माले सत्य रोज्छ। तर विभिन्न बाध्यताले देखाउन सक्दैन, कसैले सत्य देख्दा-देख्दै पनि हत्केलाले सुर्य छोपे झैँ सत्य लुकाउन खोज्छ र त्यसको हविगत बर्णन गर्न आवश्यक नै छैन।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिकाको यस निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदको लागि अमृत सापकोटाको उम्मेदवारी ठिक त्यस्तै एउटा सत्य हो। निर्वाचनको माहोल सुरु हुनु भन्दा धेरै अगाडी देखि बरिष्ठ उपाध्यक्ष पदको दावेदारी प्रस्तूत गर्नु भै सकेका सापकोटालाई अन्तर्यामी, अलौकिक तथा अदृश्य शक्तिहरुले हतोत्साहित बनाई मैदानबाट निकाल्ने ठुलो प्रयास भएको त्यो अर्को सत्य हो। जब आफ्नो शान, मान र आत्मसम्मानलाई कसैले ठेस पुराउछ, एउटा नेपालीको सन्तानको लागि त्यसको रक्षा गर्नु र आफु सक्षम र सहि छु भनि प्रमाणित गर्नु, अन्तिम सत्य हो।

अनि सत्यलाई सत्य भन्न सक्नु अनि सत्यको साथ दिन सक्नु, मेरो लागि त्यो भन्दा ठुलो सत्य अरु केहि छैन। भिंडबाट बाहिरिएका तर भिंडमा भएका अनुहारहरु भन्दा फरक अनुहार र फरक विचारका अमृत सापकोटालाई चुनाब जिते पनि हारे पनि सुभकामना। जितेको खण्डमा सफल कार्यकालको शुभकामना, हारेमा एउटा गलत प्रवृति बिरुद्ध न हारेको शुभकामना !