आनी छोइङको "एकता र आशा युएस यात्रा -२०१७ डिसीमा

Hollywood Khabar May 01,2017 Comments

विजय थापा,वाशिंगटन डिसी 

युनिटी एण्ड होप युएस टुर -२०१७ ("एकता र आशा युएस यात्रा -२०१७ ) नामक सांगीतिक कार्यक्रमको लागि चर्चित गायिका आनी छोइङ अमेरिका आउने भएकी छिन् भने डीसीमा जुन २४ तारिखका दिन साँझ ७ बजे कार्यक्रम हुने भएको छ l 

वाशिंगटन डिसी क्षेत्रमा स्थापित 3ई इन्टरटेनमेन्ट को आयोजना तथा तामांग सोसाइटी अफ ग्रेटर वाशिंगटन डिसी तथा गैर मुनाफा संस्था म्यासिकको सहकार्यमा आनी छोइङको कार्यक्रम हुने भएको छ l आनीको एकल प्रस्तुति वाशिंगटन डिसी स्थित लिस्नर अडिटोरियममा हुने भएको छ भने त्यहि स्थानमा सन् २०१६ मा पनि कार्यक्रम भएको थियो l 

आनीको अमेरिकाको भ्रमण कार्यक्रम जुन ३ देखि जुन २५ सम्म अमेरिकाको विभिन्न राज्यहरुमा एकल गायन तथा प्रस्तुति हुने भएको छ l आनीले लस एन्जेलस ,सन फ्रान्सिस्को ,सियाटल ,ओरेगन ,बोस्टन तथा वाशिंगटन डिसीमा गर्ने भएकी छिन् l मूलत आनीको कार्यकम बिदेशी तथा नेपाली दुवै समुदायलाई लक्ष्य गर्ने उदेस्य राखिएको छ l   

नेपालमा संचालनमा रहेका आनीका परियोजनाहरु आरोग्य फाउन डेसन ,आर्य तारा पाठशाला लगायत अन्यलाई समेत सहयोग मिल्न सकोस भन्ने हेतुले युनिटी एण्ड होप युएस टुर -२०१७ को आयोजना गरिएको आयोजकले बताएका छन् l आनीका लोकप्रिय गितहरु फुलको आँखामा फुलै संसार ,बटुवा हो बटुवा ,जय होस् तिम्रो मंगल होस् , ओम माने पेमे ,ओम तारे ,हुन्छ मलाई बिहान त्यो क्षण ,ईक्षा मेरो ,हे भगवान जस्ता रहेका छन् l 

कार्यक्रममा गीतारमा न्हू बज्राचार्य ,बासुरीमा रमण महर्जन तथा गितारमा गोपाल रसाईली हुने छन् l आनी छोइङ्गले गत बर्ष २०१६ मार्च २० तारिख मा राष्ट्रसंघ न्युयोर्कमा आध्यात्मिक गीत सुनाएकी थिइन l उनलाई संयुक्त राष्ट्रसंघको महासभामा ‘गेष्ट अफ अनर पर्फमर’ का रुपमा निम्त्याइएको थियो l संयुक्त राष्ट्रसंघको महासभाको ईतिहासमा मै प्रथम पटक नेपाली गायिकाको आनीले गाएकी थिइन् l