-Angelina Jolie, Reusable Picture from wikimedia.org

हलिउडकी चर्चित नायीका, निर्देशक तथा प्रडुसर एन्जलीना जोलीबारे छोटो चर्चा

Hollywood Khabar February 21,2020 Comments

कृष्ण के सी, अमेरिका, २/२२/२०

विश्वोमै विगत लामो समय देखि अत्याधिक चर्चामा रहने गरेकी एन्जलीना जोलीको चर्चा अझै सेलाएको छैन। जुन ४, १९७५ मा क्यालिफोर्नियाको लस एन्जलसमा जन्मिएकी जोली ४४ बर्षकी भइन। स्टारहरुको साइन मन पराउनेहरुको लागि भने उनको साइन जेमिनी हो भनिएको छ।

उसो त संसारका हजारौं मिडिया र लाखौँ फ्यान र आलोचक सबैले जोलीबारे कुरा गर्ने गर्छन। पछिल्लो समयमा हलिउड पेज सिक्समा पनि उनकाबारे लामै चर्चा चलेको छ। तर उनले यो पटक मुभी भन्दा पनि फरक योजना गरेको कुरा पेज सिक्सले उल्लेख गरेको छ। जस अनुसार जोलीले केहि डकुमेन्ट्री, पुस्तक र अन्य प्रकाशन गर्न एक सझौतामा हस्ताक्षेर गरेकी छन्। त्यो नयाँ प्रोजेक्ट रेफ्यूजी र बच्चाहरुको लागि भएको पनि बताइएको छ।

अन्तराष्ट्रिय स्तरमा मानवीय कार्यका लागि उनि आफ्नो योगदान दिन चाहन्छिन। उनका पछिल्ला मुभी Maleficent, Mistress of Evi ले बक्स अफिसमा राम्रो बजार लिन सकेनन। यो वर्ष उनका दुइवटा नयाँ मुभीहरु Eternals and Those Who Wish Me Dead पनि रिजिज हुने कुरा बताइन्छ। तर ४४ बर्षीय यी हलिउडकी स्टार चलचित्रका साथमा अन्य फरक कुरा पनि गर्न चाहन्छिन। उनको भनाइ छ, म धेरै भन्दा धेरै मान्छेहरुले कुनै मानवीय कामका लागि योगदान र सहभागिता जनाउन भन्ने चाहन्छु।

१९९० मा नै चर्चाको शिखर चुमेकी जोलीले एक्टिङ्ग भने बाल्पना देखि नै गरेकी हुन्। न्यूयोर्क यूनिभर्सिटीबाट ग्राजुएट जोली दशकौं सम्म पनि उस्तै चर्चित छिन। १९९८ मा उनले Gia नामको टेलिभिजन फिल्मका लागि बेष्ट गोल्डेन ग्लोब पाएकी थिइन्। १९९९ देखि भने बेस्ट सपोर्टिङ्ग हुँदै एक पछि अर्को सफलताको आकास चुम्न थालिन। सन २००० देखि फरक-फरक रोलमा देखिएकी जोली लगातार २००१, २००३ र २००४ मा अझ चर्चित नायिकाको रुपमा अगाडी आइन।

चर्चित ब्राड पिट्टसँगको उनको सहकार्यले मिस्टर एण्ड मिसेस स्मिथ २००५ को चर्चित फिल्म थियो। त्यसपछि भने पिटसंगको संगतले उनलाई फरक दुनियाँमा लग्यो। ब्राडसंगको टिमले २००५, २००६ र २००७ मा धेरै चर्चा पायो। २००८ को कङ्ग फु पाण्डा, च्यालेन्जिङ, साल्टले बढी चर्चा पाए। कमेडी कङ्ग फु पाण्डामा उनले भ्वाइस एनिमेशन पनि गरिन।

२०११ पछि उनि निर्मात्रीको रुपमा पनि चर्चामा आइन। यति मात्र होइन २०१४ र हालका समयमा उनि नायिका, निर्मात्री र निर्देशक सबै गर्ने अल राउण्डर भएकी छन्। हुन त जोलीलाई बैबाहिक जीवनमा भने धेरै सफला पाएको देखिएको छैन। बिबाह र बिछोड उनको जीवनमा फिल्म जस्तै भएका छन्। २००४ तिर केहि स्क्याण्डल पनि आएको थियो।

अर्को तर्फ उनले थुप्रै बच्चाहरुलाइ सन्तानको रुपमा पनि लिएकी छिन। पहिलो पटक उनले २००२ मा कम्बोडियाबाट एउटा छोरा एडप्ट गरेकी थिइन। उनको नाम म्याडक्स हो। २००५ मा उनले जरा नामकी छोरीलाई एडप्ट गरिन। २००६ मा पिटसंगको पहिलो बायोलोजिका सन्तान भने छरी जन्मीइन उनको नाम शाइल्ह हो। २००७ को मार्चमा भियतनामबाट उनले ३ बर्षको छोरा एडप्ट गरिन। ति टुहुरा बच्चाको नाम उनले पाक्स राखिन।

बच्चाहरुको धेरै मायाँ गर्ने भएर होला अभागवानले पनि उनलाई जुलाई २००८ मा जुम्ल्याहा सन्तान दिए। उनीहरुको नाम नक्स र विविएन्नी हो। उनीहरुको जन्म दक्षिणी फ्रान्सिमा भएको थियो। त्यो समय ति जुम्लिया सन्तानको सेलिब्रेटी फोटो कभरेजमा छाप्न पिपल एण्ड हेलो म्यागजिनले १४ मिलियन डलरको महँगो रकम तिरेको चर्चा थियो।

६ सन्तानकी यी चर्चित आमा जोलीले २०१६ मा पिटसंग डिभोर्स फाइल गरिन। उनले ती सबै ६ सन्तान आफूसंगै रहनको लागि अपिल पनि गरिन। पछि पिटले सन्तानहरुलाई दुरुपयोग गरको जस्ता आरोप लगाइएता पनि प्रहरी र एफबिआइले अनुसन्धान गर्दा केहि पाएन भन्ने रिपोर्ट सार्वजनिक गरियो। उनीहरुले आपसी सहमतिमा डिभोर्स संबन्धि मुद्धा मिलाउने भनेर छलफल गर्दै गरेको स्टेटमेन्ट रिलिज गरे। जोलीले २०१७ मा भ्यानिटी फेयर नामको पत्रिकामा सेपरेशनको बारे कुरा खोलेकी छन्।

२००१ देखि नै थुप्रै मानवीय कार्यमा आर्थिक र समय दिएकी जोली अहिले पनि सेवामा नै धेरै समय दिन चाहन्छिन। उसो त उनले २००५ मा संयुक्त राष्ट्र संघबाट मानव सेवा पुरस्कार पनि पाएकी थिइन्। जोलीले मानवीय संवेदना र जनस्वास्थ्य लगायतका बिषयमा न्यूयोर्क टाइम्स लगायत थुप्रै पत्रिकाहरुमा आर्टिकल पनि लेखेकी छन्।