एन्जल लर्डको विज्ञान प्रदर्शनीमा ढिकी

एन्जल लर्डको विज्ञान प्रदर्शनीमा स्मार्ट सिटीदेखि ढिकीजाँतोसम्म

Hollywood Khabar March 02,2019 Comments

सन्तोष दहाल, काठमाडौँ

काठमाडौँको कोटेश्वरमा अवस्थित एन्जल लर्ड इंलिश स्कुलले वृहत विज्ञान प्रदर्शनी २०७५ सम्पन्न गरेको छ । बिहीबार पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेद्वारा उद्घाटन गरिएको प्रदर्शनी २ दिनसम्म चलेको थियो ।

प्रदर्शनीमा १०० भन्दा बढी विज्ञान, रोबोटिक्स, अटोमेसन आदि विषयका प्रोजेक्टरहरु सहित स्वास्थ्य शिविर, योग ज्ञान, चित्रकला प्रदर्शनी, पुराना मौलिक भेषभूषा प्रदर्शनी, सांस्कृतिक प्रस्तुति तथा नेपाली मौलिक खानाहरुको परिकार राखिएको थियो । विद्यार्थीहरुमा व्यवहारिक ज्ञान, सीप र सीर्जनशील क्षमता अभिवृद्धि गराउने,अन्तरनिहीत कला र प्रतिभा उजागर गराउन वातावरण सिर्जना गर्न, विकसित अत्याधुनिक प्रविधिहरु सँग अपडेट गर्दै लैजाने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक टंक लिम्बुले बताए ।

यस्तै उक्त प्रदर्शनीमा विद्यार्थीहरुको मष्तिस्कबाट नै निर्मित हस्तकलाका मौलिक प्रस्तुति, स्मार्ट सिटी,हाईड्रोपावर ट्राफिक लाईट, इलेक्ट्रोनिक सामग्रीहरुका साथै परम्परागत ढिकीजाँतो, ठेकी, मदानी , मौलिक लोकबाजाका आईटमहरु देख्न सकिन्थ्यो ।

प्रदर्शनी अवलोकन गर्दै पूर्व पराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले किताबी घोकन्ते ज्ञानभन्दा व्यवहारिक र प्रयोगात्मक ज्ञान अति महत्वपूर्ण पक्ष रहेको बताउदै स्मार्ट सिटीको अवधारणा थाहा नपाई चुनावमा खोक्रा भाषण गर्ने नेतालाई एन्जल लर्डका विद्यार्थीहरुले सिकाएको बताए । मौलिकता जोगाउनका लागि पुराना पिढीलाई नयाँ पिढीले गाइड गर्नुपर्ने उनले बताए ।