UNA सम्मेलन: सदाबहार अन्जु र स्टेजमै किस पाएका गम्बुको बेजोड प्रस्तुति

Hollywood Khabar May 23,2018 Comments

कृष्ण के सी/अमेरिका
टेक्सस राज्यको डालस शहरमा मे २६-२७, २०१८ मा आयोजित यूनाइटेड नेपलीज एशोसियशन (UNA) को तेश्रो सम्मेलनमा अन्जु पन्त र गम्बु शेर्पाले बेजोड प्रस्तुतिले भब्य मनोरंजनात्मक हुने भएको छ।

उसो त दर्जनौ हिट गीतमा आफ्नो स्वरको जादु दिएकी अन्जु पन्तलाई चिनाई रहनु आवश्यक छैन। पन्तका आधुनिक र प्लेब्याक गरेर थुप्रै सुमधुर स्वर सुन्न पाइन्छ। तर न्यूयोर्क शहरमा बस्दै आउनु भएका गम्बु शेर्पाका दर्शक झुमाउने गीतहरु मन्त्रमुघ्द मात्र छैन दर्शक तताउने खालका पनि छन। शेर्पाको तीन पाने रक्सी सुटुक्कै गीतले दर्शकहरुलाई तताउने छ। यति मात्र होइन शेर्पाको यूरोप गायन भ्रमणमा स्टेज मै आएर एक महिला दर्शकले दिएको किसले खुबै चर्चा पायो।