ANS सम्पदा फोटो प्रतियोगिता २०१७ हुने

Hollywood Khabar May 16,2017 Comments

विजय थापा, वाशिंगटन डीसी

उत्तर अमेरिका कै नेपाली समुदायको सवै भन्दा जेष्ठ सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी (एएनएस) वासिङ्टन डिसीको ५० औं वार्षिकोत्सवको अवसरमा ‘एएनएस सम्पदा फोटो प्रतियोगिता २०१७’’ को आयोजना गर्ने भएको छ l 

उत्कृष्ठ तस्बिर लाई पहिलो, दोस्रो र तेस्रोमा छुट्याइने आयोजक संस्थाले जनाएको छ। प्रथमले क्याननको क्यामेरा (चित्रग्राहिणी) पाउनेछन् भने दोस्रो र तेस्रोले पनि क्यामेरा (चित्रग्राहिणी) नै पुरस्कार पाउने छन् । संयोजक तथा प्रथम निर्णायक कुमार श्रेष्ठका अनुसार फोटो प्रतियोगितामा नि :शुल्क भाग लिन सक्ने छन् । आयोजकको इमेल(बिधुतिय डाक )मा इच्छुकले दुई वटा सम्पदाको तस्बिरहरु पठाउनुपर्नेछ । मे २५ सम्ममा इच्छुकहरुले ६ एमबी अथवा ३ सय डिपीआइको तस्बिर पठाउनु पर्नेछ ।

‘दुईवटा देशको सम्पदा बचाउन र प्रवर्धनका लागि फोटोले अहम भूमिका खल्ने भएकाले यो प्रतियोगिता आयोजना गरिएको हो,’ उनले भने,‘पुरानो सम्पदा भनेको मानव सभ्यताको परिचय हो र यसलाई  बचाई राख्नुपर्ने अहम भूमिका पनि हाम्रो नै हो ।’ प्रतियोगितामा अमेरिकामा बसोबास गरेका जो कोही नेपालीले र अमेरिकनले भाग लिन पाउने छन् । तिन जनाको निर्णायक मण्डलले उत्कृष्ठ पहिलो ,दोश्रो र तेस्रो सम्पदा फोटो छान्ने छन् । उत्कृष्ठ भएका प्रतियोगीहरूलाई क्यामेरा(चित्रग्राहिणी ) र प्रमाणपत्रले ५० औं वार्षिकोत्सवमा सम्मान गरिने छ ।  

नेपालका लागि अमेरिकन राजदुत स्व एल्सबर्थ बंकर यस गरिमामय संस्थाका संस्थापक मानार्थ सभापति रहेका थिए l तत्कालिन अमेरिकन राजदुत बंकर भियतनाम युद्धमा खटिएका समयमा डीसीमा नेपाल अमेरिका सोसाइटीको जन्म भएको हो भने संस्था १९६७ मा स्थापना भएको होl फोटोग्राफीमा इच्छा राख्नेहरुले (ansphotocontest@gmail.com )मा आफूले खिचेको सम्पदाको फोटो(तस्बिर) पठाउन सक्नेछन् । उक्त छायाचित्र लाई वार्षिकोत्सवमा प्रदर्शन गरिनेछ।