-सांकेतिक तस्विर

घरमा खानाखाना आएका व्यक्तिद्वारा अपाङ्गता भएकी युवती बलात्कृत

Hollywood Khabar September 21,2019 Comments

५ असोज, गोरखा ।बुवासंगै घरमा खानाखाना आएका व्यक्तिले अपाङ्गता भएकी २१ बर्षिया युवतीलाइ बलात्कार गरेकोआरोप लागेको छ ।प्रहरीले बलात्कारको आरोपमा रोल्पा नगरपालिका–९ घर भइ हाल गोरखा बस्ने ४०बर्षीय धन बहादुर पुन मगरलाइ  पक्राउ गरेको हो ।  विहान भट्टीमा सँगै रक्सी खाएर मगरलाई पीडितका बुवाले घरमा खाना खान लगेको र खाना खाएपछि बुबा निदाएको मौकामा मगरले अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको प्रहरी निरीक्षक कमला नराल बताइन् ।