नक्कली ङा नक्कली आप्पाला झामे ङा नक्कली: रक गायिका सरस्वती लामा

Hollywood Khabar May 06,2017 Comments

रक गायिका सरस्वती लामाले पहिलो पटक तामाङ्ग भाषाको गीत नक्कली ङा नक्कली आप्पाला झामे ङा नक्कली रेकर्ड गर्नुभएको छ।

प्राय रक प्याट्रन मात्र गाउने लामाले पहिलो पटक तामाङ्ग भाषामा गाएको र आफ्नो भाषा गाउन पाएकोमा धेरे खुसी लागेको समेत बताउनु भएको छ। लामाका अनुसार यो गीत अत्यन्तै सुमधुर छ, दर्शकहरुले पक्कै मन पराउनु हुनेछ। गीतको शब्द चाहना लामाको हो भने संगीत -यापर उत्तर लामाको हो। सरस्वती लामा उत्तर लामाको जुगल स्वरमा रहेको यो गीत छिट्टै बाहिर आउने भएको छ।