-अर्घाखाँचीमा जन्मेर युरोपमा बस्नेहरुको अर्घाखाँची समाज युरोप गठन

अर्घाखाँचीमा जन्मेर युरोपमा बस्नेहरुको अर्घाखाँची समाज युरोप गठन

Hollywood Khabar June 02,2021 Comments

युरोप, जुन २, २०२१

कोरोनाको महामारीको यो कठिन परिस्थितिको अप्ठ्यारो समयमा पनि अर्घाखाँचीमा जन्मेर युरोपको विभिन्न देशहरुलाई कर्मथलो बनाई बसोबास गर्ने सम्पूर्ण जिल्लाबासीहरुलाई एकाताबद्ध हुने सुबर्ण मौका मिलेको छ।

कोरोनाले दिएको चुनौतीलाई एउटा सुबर्ण अवसरको रुपमा उपयोग गर्दै हामी जिल्लाबासी दाजुभाइ तथा दिदिबहिनीहरु संगठित हुने कार्ययोजनामा धेरै दिन देखि छलफल र अन्तरक्रियामा तल्लिन रह्यौ। अन्त:बिधिवत संठित हुने अन्तिम निष्कर्षमा पुगेका छौ। युरोपको कुनाकुनासम्म अर्घाखाँचीबासी दाजुभाइ तथा दिदिबहिनीहरुलाई सम्पर्क गर्ने हाम्रो अभियान निरन्तर जारी नै छ।

हाम्रो कोशिस युरोपमा रहेने सम्पुर्ण जिल्ला बासीहरुलाई एकबद्ध गर्ने योजना यथावत नै छ। मुलतःहामी अहिले धेरै आपसी सम्पर्कमा छौ। हाम्रो कनेक्टिभिटी अझ धेरै प्रभावकारी बनाउन हामी सबै तल्लीन छौ।

हाम्रो बृहत छलफलले परिणाम आपसी सद्भावपुर्ण भाईचाराको सम्बन्ध कायम गरि अर्घाखाँची जिल्लाको केरुङामा जन्मी ३० बर्ष देखि जर्मनीको फ्रान्कफोर्टलाई कर्मथलो बनाउने आदरणीय ब्यक्तित्व श्याम कुमार खनालको नेतृत्वमा अर्घाखाँची समाज युरोपको गठन गरिएको छ।

अर्घाखाँची समाज युरोपको तदर्थ समिति:

  1. अध्यक्ष: श्याम कुमार खनाल (जर्मनी)
  2. उपाध्यक्ष: शालिकराम खनाल (आयरल्याण्ड)
  3. उपाध्यक्ष: चुरामणी अर्याल (स्विडेन)
  4. उपाध्यक्ष: कृष्ण मरासिनी (स्पेन)
  5. उपाध्यक्ष: अनिल भुसाल (पोर्चुगल)
  6. महासचिब: माधवराज पोख्रेल (लक्जम्बर्ग)
  7. सचिव: किरण बेल्बासे (नर्वे)
  8. सचिव:नविन घिमिरे (स्पेन)
  9. कोषाध्यक्ष: कृति पौडेल (डेनमार्क)
  10. सहकोषाध्यक्ष: शशी पन्थी (युके)
  11. सदस्य सरस्वती भुसाल
  12. सदस्य राजु कुँवर
  13. सदस्य गोबिन्द प्रसाद घिमिरे
  14. सदस्य लक्ष्मी बेल्बासे
  15. सदस्य सन्तोष पाण्डे
  16. सदस्य गणेश गैरे
  17. सदस्य सरस्वती ज्ञावली गैरे
  18. सदस्य पवन आचार्य
  19. सदस्य जनक पौडेल
  20. सदस्य हरी गौतम
  21. सदस्य सुरज रायमाझी
  22. सदस्य रेशम भुसाल
  23. सदस्य पदमलाल पाण्डे

संरक्षक परिषद:

  1. पुष्प थापा
  2. बिनोद घिमिरे
  3. चन्द्रकान्त आचार्य
  4. बिष्णु रिजाल

सल्लाहकार:

  1. अशोक घिमिरे
  2. बाबुराम शर्मा
  3. टिकाराम आचार्य
  4. कमल खनाल
  5. बिनोद अधिकारी
  6. विनय गौतम
  7. बाबुराम भुसाल
  8. बिनोद गौतम

समाजले सुन्दर जिल्ला अर्घाखाँची तपोभुमीमा जन्मेर युरोपलाई कर्मथलो बनाउने सबै जिल्लाबासीलाई अर्घाखाँची समाज युरोपमा जोडने र ईच्छा र आकांक्षा अनुसारको विभिन्न समिति बनाई सबैलाई जिम्मेवारी दिने कार्य गर्ने बताएको छ।