-सांकेतिक तस्विर

अरिङ्गालले टोकेर बालकको मृत्यु 

Hollywood Khabar September 21,2019 Comments

५ असोज, गुल्मी ।अरिङ्गालले टोकेर  गुल्मीमा एक बालकको मृत्यु भएको छ ।रुरु गाउँपालिका– १ रिडीका १२ वर्षीय पवन अधिकारीको  अरिङ्गालले टोकेर आइतबार मृत्यु भएको गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।विद्यालयबाट घर फर्कने क्रममा अरिङ्गालको गोला रहेको रुखलाई बाँदरले हल्लाउँदा अरिङ्गालले टोकर बालक घाइते भएका थिए।घाइते बालकलाई उपचारका लागि पाल्पा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।