-सान फ्रान्सिस्को बे एरियामा दिवेश पोखरेल अर्थर गनको लाइभ सो हुने

सान फ्रान्सिस्को बे एरियामा दिवेश पोखरेल अर्थर गनको लाइभ सो हुने

Hollywood Khabar September 18,2021 Comments

कृष्ण के सी, अमेरिका, सेप्टेम्बर १८, २०२१

करिब २ बर्ष देखि नेपाली समुदायमा सामुदायिक भेटघत पातलिएको छ। कोरोनाको महामारीले गर्दा थुप्रै जनहरु गुमे, सयौं हजारौं जना बिरामी भए अनि विश्वो नै घायल भयो। बेला-बखत सामाजिक जमघट हुँदै गर्ने क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरियामा करिब २ बर्ष देखि जमघट सुन्य जस्तै भयो। अझै पनि विश्वोका थुप्रै देश र नेपाल पनि सो महामारीबाट आक्रान्त छ। हामीबीच पनि कोरोनाको महामारी त छ तर पनि भ्याक्शिन र अन्य ब्यबस्थापनले गर्दा जीवन सहज हुँदै गएको छ।

यसै कारण बनेको मौनता, मानसिक तनाव अनि न्यास्रो पना मेटाउन, विस्तारै जीवनलाइ सहज रुपमा, दैनिक नागरिकको रुपमा लाइजन सहज बनाउनु जरुरी भएको छ। त्यसैलाई मध्ये जनर गर्दै चर्चित नेपाली मुलका गायक दिवेश पोखरेल अर्थर गन अमेरीकन आइडलको उपविजेताको लाइभ सो को आयोजना गरिएको छ।

सान फ्रान्सिस्कोमा रहेको प्रोजेक्ट इण्टर्टेनमेण्टद्वारा आयोजना गरिएको सो लाइभ मनोरंजनमा बिगत जस्तै बेग्लै मज्जा भरपुर हुने कुरा आयोजकले बताएका छन्। उसो त प्रोजेक्ट इण्टर्टेनमेण्टले एल्बट्रास नेपाल, न्यू एयर क्रूज पार्टी, वार्तीका राई जस्ता थुप्रै इभेन्ट अर्गनाइज गरिसकेको छ। तिनै अनुभवहरु संगाल्दै यो पटक प्रोजेक्ट इण्टर्टेनमेण्टले सान फ्रान्सिस्कोमा दिवेश पोखरेलको सो को आयोजना गरेको छ।

दिवेश पोखरेलले संसारकै उत्कृष्ट गायन रियालिटी सो मानिने अमेरिकन आइडलको उपविजेता बनेर इतिहास रचेका हुन। आइडलको १८ औं संस्करणमा दिवेश पोखरेल फाइनलमा पुग्ने पहिलो नेपाली अमेरिकन हुन्। यो हामी सम्पूरण नेपालीको लागि एउटा ऐतिहासिक उपलब्धि पनि हो। अब नेपाली म्यूजिक मन पराउनेहरुको लागि यो एकदम मनोरन्जनात्मक हुने कुरा विश्वास आयोजकहरुले लिएका छन्। इभेन्ट अर्गनाइजरहरुमा हरि ओझा, अभिषेक ज्ञवाली, हरि गौतम र रशिक अधिकारी रहेका छन।