-Krishna KC

उम्मेद्वारहरु मिलाउने होइन प्रतिस्पर्धा गर्ने, असक्षम छिराउने लुपहोल नै मिलाउने प्रस्ताव हो

Hollywood Khabar February 18,2021 Comments

कृष्ण के सी, अमेरिका, फेब्रवरी १८, २०२१

गैरआवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको पंजीकृत सदस्यको आवेदन संख्या २१ हजार ८ सय ५४ जना भएको छ। यस मध्ये प्रमाणित भएर अन्तिम लिष्ट आउन केहि दिन लाग्ने छ। सदस्यता बिस्तार फेब्रवरी १५, २०२१ मा बन्दभयो। केहि समयपछि खोलिने सदस्यता २०२३-२०२५ कार्यकालको लागि हुनेछन।

यसबीचमा थुप्रै आकांक्षीहरुले फोन गर्नुभयो। आफू उम्मेद्वार हुने कुरा बताउनु भयो र सपोर्ट गर्नको लागि अनुरोध गर्नुभयो। करिब एक दशक देखि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यो अभियानमा आफू पनि छु। सुरुका दिनमा फरक धारणा थियो। पछि बुझ्दै गइयो र आफू पनि निर्वाचित भएर कार्यसमिति पदाधिकारीको रुपमा नै काम गरियो। विश्व स्तरको चुनावी मैदानमा पक्ष-विपक्षमा भिडेको नै ७ बर्ष अर्थात ४ चुनाव भएछ।

हामीले ट्रम्प र क्लिन्टन अनि बाइडेन र ट्रम्पको चुनाव जस्ता थुप्रै चुनाव पनि हेर्यौं। यस्ता चुनाव हेर्ने हामी माझ हजारौं नेपाली समुदायका अग्रज व्यक्तिहरु हुनुहुन्छ। अनि हाम्रै समुदायका संघ-संस्था, गैरआवासीय नेपाली संघ जस्ता सबैमा सबै खेल र मैदानको परिक्षण गरेको अनुभव पनि म र हामीलाइ भयो। यी सबै अनुभव र हालको एनआरएनए एनसीसी अमेरिकाको पंजीकृत सदस्य संख्या, प्रतिस्पर्धी-आकांक्षीहरु र समुदायको बहार हेर्दा एउटा फरक बिचार ल्याएको छु। यहाँ दिएका कुरा मेरा जिजी बिचार हुन्, प्रमाणित ब्याख्या होइनन। त्यसैले यसलाई घृणा गर्नुपर्ने र साश्वत मान्नुपर्ने दुवै कारण छैनन।

  • चुनाव:धेरै व्यक्तिबीच कसले राम्रो नेतृत्व दिन सक्छ भनेर गरिने सामुदायिक निर्णयको छनोट बिधि नै चुनाव हो। यसमा ठाउँ, समय र श्रोत अनुसारका बिधि अपनाइन्छन।
  • प्रतिस्पर्धा: प्रतिस्पर्धाबाट आएकालाइ हामी निर्वाचित भन्छौं। निर्वाचितको अर्थ असल नेतृव आउँछ या आयो भन्ने छैन। दुइ या धेरै असक्ष र सक्षम, सक्षम र सक्षम, असक्षम र असक्षमबिचको प्रतिस्पर्धाबाट जो आउँछ त्यो नै निर्वाचित हुन्छ। भएका मध्ये एक आउने हुनाले चुनावबाट सबै खराब र सबै असल आउँछन भन्ने हुँदैन।
  • निर्वाचित र नतिजा:निर्वाचित र पराजितको आंकडालाइ हामी चुनावको नतिजा भन्छौं। निर्वाचितको अर्थ जित्ने मात्र हो। हरेक निर्वाचनबाट आएको व्यक्ति उत्तम हुन्छ भन्ने कुरा होइन। यो त दुइ या धेरैमा एउटालाइ छान्ने बिधि मात्र हो।
  • मान्यता: यदि, चुनाव, भएका मध्ये उत्तम ब्यक्तिलाइ नेतृव दिने प्रक्रिया हो भने मिल्ने मिलाउने काम भनेको खराब, कम्जोर र असक्षमलाइ छिराउने लुप होल हो। खराब व्यक्तिको नेतृत्व कसैलाई मन पर्दैन। त्यसैले मिल्ने र मिलाउने कुरा पनि आवश्यक छैन।

अन्तमा; यो मिल्ने र मिलाउने कामले असक्षम व्यक्तिलाइ स्थान दिन्छ। असक्षमलाइ बोक्ने र मिलाउन आउने व्यक्ति पनि दुध गुण बुद्धि संगत गुण फल भनेझैं आफैंमा अर्को असक्षम व्यक्ति हुन्छ। यिनीहरु नै छोटे राजन बनेर ठेकेदार बन्दछन। यस्ता असक्षमहरुले नै सिन्डिकेट (Syndicate) सृजना गर्दछन। अनि यसबाट असक्षम मौलाउँछ र प्रजातन्त्र मर्दछ। त्यसैले यो पटक मिल्ने र मिलाउने काम आफैं-आफै सके गर्नु अन्यथा अरुले प्रयास नगरौं, खुल्ला रुपमा प्रतिस्पर्धा गर्न छाडौं। -कृष्णार्पण !