असिमित आशा-जानुका वस्ति ढकाल

Hollywood Khabar April 18,2017 Comments

असिमित आशा
-जानुका वस्ति ढकाल
सफेत बिम्बहरूले छोपिएका रहरहरू
अनि त्रासभित्र बाँचेको जीवन
लाग्छ एकै ठाँउमा तरँङ्गीत छन्
खै कुनचाँहीलाइ महत्व दिउँ धेरै
दुबै बराबरी छन् !
सोच्दासोच्दै घोत्लिएर
पुगिदिन्छ गहिराइमा
असिमित आशा मात्रै हुन्छ मनमा
बाँकी सवै तैरिदिन्छ किनारैमा !!
प्रश्नहरूलेनै अड्डा बनाईरहेछ
ठाउँ छैन कत्ति खाली
यत्तिकैमा जकडिएर बस्नु मात्र
जीवन् कहाँ हो र गम्भिर बन्छ फेरी !!!
अनि थाल्छ सुस्केरा हाल्न
फेरी थाल्छ सास लामो तान्न
बेस्वादिला अबसरहरू
हुईकिएको पत्तै हुन्न !!!!
टिठ्याउँदो आफ्नै अनुहार
थाल्दैछ आँफैलाई गिज्याउँन
तब थाल्छ जाग्न उर्जाशक्ति
परन्तु यसलाई कसैले छेक्न सक्दै सक्दैन!!!!!