-एटलान्टामा हुने ग्लोबल नेपाली हेल्थ कन्फ्रेन्सको लागि कार्यपत्र माग

एटलान्टामा हुने ग्लोबल नेपाली हेल्थ कन्फ्रेन्सको लागि कार्यपत्र माग

Hollywood Khabar August 08,2019 Comments

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदको हेल्थ एण्ड हाईजीन कमिटी र एनआरएनए एनसीसी अमेरीकाको संयुक्त आयोजनामा ग्लोबल नेपाली हेल्थ कन्फ्रेन्स हुने भएको छ।

अमेरीकाको एट्लान्टा शहरमा सेप्टेम्बर २०-२२, २०१९ मा पहिलो ग्लोबल नेपाली हेल्थ कन्फ्रेन्स हुन गईरहेको छ। सो सम्मेलन आयोजना गर्नको लागि एनआरएनए आईसीसीका ग्लोबल हेल्थ एण्ड हाईजीन कमिटीका संयोजक डा संजीव साप्कोटाको संयोजकत्वमा बिभिन्न देशमा बस्ने स्वास्थ्य प्रोफेस्नल्स एवं एनआरएनए अभियन्ताहरू सम्मिलित एउटा मुख्य आयोजक समिति र अन्य बिभिन्न उपसमितीहरू गठनगरिएको छ।

बिदेशमा सिकेका स्वास्थ्य सम्बन्धी ज्ञान, अनुभव र प्रबिधीहरूलाई कसरी स्वदेश तथा बिदेशमा बस्ने नेपालीहरूको हितमा उपयोग गर्न सकिन्छ भन्ने बिषयमा सो सम्मेलनमा बृहत् छलफल हुनेछ।

सो सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्र र प्यानल डिस्कसनबाट निस्केका निश्कर्षहरू समाबेश गरी एट्लान्टा स्वेतपत्र जारी गरिने छ। बिषयगत छलफलका अतिरिक्त सो कार्यक्रममा सामान्य हेल्थ चेकअप, ल्याब टेस्ट, योग, ताईची, मेडिटेसन, रनिंग, वाकिंग, माउन्टेन हाइकिंग, सीपिआर/एईडी तालिम आदिको पनि आयोजना गरिने कुरा सो सम्मेलनको संयोजक डा सापकोटाले जानकारी दिएका छन्।

सो सम्मेलनमा भागलिनको लागि आफ्नो नाम रजिष्टेसन गर्न, कार्यपत्र प्रस्तुत गर्नको लागि एबस्ट्र्याक्ट बुझाउन, होटल बुक गर्न तथा सोभेनियरमा आफ्नो लेख-रचनाहरू छपाउनको लागी एनआरएनए आईसीसीको आधिकारिक वेभसाईट https://nrna.org/Our-Work/Global-Health-Hygiene-Committee मा क्लिक गर्नुहोला।

कार्यपत्रको एबस्ट्र्याक्ट तथा सोभेनियरको लागि स्वास्थ्य सम्बन्धी लेख-रचनाहरू globalhealth@nrna.org मा ईमेल मार्फ़त सिधै पनि पठाउन सकिने कुरा साईन्ट्फिक कमिटीका चेयर सत्य नारायण चौधरीले जानकारी गराउनुभयो।

पहिलो नेपाली हेल्थ कन्फरेंसलाई सफल बनाउन को लागी अमेरीकन सरकारको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (CDC), सोसाईटी अफ अमेरीकन नेपलीज नर्स (SANN), ब्लड डोनर्स अफ अमेरीका, नेपाली कल्चरल सेन्टर (NCC) एटलान्टा, नेपलीज एसोसिएशन अफ जर्जिया (NAG), ग्रेटर एटलान्टा बैदीक मन्दिर (GAVT) स्टार स्कोलार नेटवर्क (STARscholar), ईक्वालिटी फाउण्डेशन (EQ) लगायतका अन्य संघसंस्थाहरूले सहयोग गरिरहेका छन।

सो कार्यक्रममा अमेरीका लगायत अस्ट्रेलिया, युके, दक्षिण कोरिया, न्यूजिल्याण्ड, क्यानाडाका साथै अन्य बिभिन्न देशमा बसोबास गर्ने चिकित्सक, नर्स, स्वास्थ्य प्राबिधिक तथा एनआरएनए अभियन्ता लगायत सर्ब साधारणहरूको बाक्लो उपस्थिति रहनेछ।