-एटलान्टामा दम्पत्ति सौन्दर्य प्रतियोगितामा सम्पन्न

एटलान्टामा दम्पत्ति सौन्दर्य प्रतियोगितामा सम्पन्न पर्यटनदुत राजा घले प्रथम

Hollywood Khabar June 03,2019 Comments

अमेरिकाको एटलान्टामा सम्पन्न दम्पत्ति अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा पर्यटनदुत राजा घले तथा उनकी जीवन संगिनी र बिद्या गुरुङ प्रथम भएका छन्।

एटलान्टा स्थित सोनेस्टा होटेलमा युनिभर्सल ट्यालेन्ट ब्युटी एकाडमी द्वारा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्रायभारतीय मूलका प्रतिस्प्रद्धि भएता पनि अन्त्यमानेपालका प्रतिद्वन्दीपर्यटन दूत राजा घले प्रथम र बिद्या गुरुङ दोस्रो भएका छन्।

राजा घलेले नेपालको पहिचान स्वरुप राष्ट्रिय पोशाक दौरा सुरुवाल र बिद्या गुरुङ नेपालको जातीय गुरुङ पोशाकमा सजिएका थिए । र्याम्पमा हिडिरहदा दुवै जनाले भ्रमण बर्षलिखित तुल (ब्यान्नर) सहित प्रस्तुत गरेका थिए ।

उक्त तुलमा सगरमाथा र बुद्धको जन्मस्थल नेपाल भनेर लेखिएको थियो। पर्यटन दूत राजा घलेले यस प्रतियोगितामा"जित्नको लागि भाग नलिएर नेपाल र नेपालीको प्रतिनिधित्व गर्न आएको" कुरो आफ्नो मन्तव्यमा भन्दा नेपाली दर्शकहरु हर्षले गदगद भएका थिए । र राजा घलेले आयोजक रमजान बिरानीलाई धन्यवाद पनि दिएका थिए।

बाल बालिकाहरुको प्रतियोगितामा पहिलो नेपालको तर्फ बाट ६ बर्षीय बालिका प्रिन्सेस, हिमाली कुँवर गुरुङले प्रतिनिधित्व गरेका थिए। उन्ले पनि गुरुङ पोशाक पहिरिएर क्याटवाक (बिरालो चाल) गरेकी थिइन् !

यस प्रतियोगितामा प्रमुख अतिथी भारतकि प्रसिद्ध कलाकार साना सायिदको उपस्थिति रहेको थियो । उनले चर्चित चलचित्र कुछ कुछ होता हैमा बाल कलाकारको भूमिका निर्बाह गरेका थिए । हालै स्टुडेन्ट अफ द एर, बादल, देर दिल जो प्यार करेगा जस्ता धेरै चलचित्रमा अभिनय गरिसकेका छन् ।