--स्व.पूर्ण कुमारी शेरचन

मेरी आमा अनी धर्ती आमा:सन्दर्भ-मातातिर्थ औशी

Hollywood Khabar April 21,2020 Comments

प्रेमिला गौचन/टोकियो, जापान/४/२२/२०

अहिले कोरोन सन्त्राशमा

कबिता फुर्दैनन

किताबमा आँखा पर्दैनन

ध्यान जादैनन ..

आज किन किन मध्यरातमा

झल्याँस ब्युझे,

ओहो आज त ..

माता तिर्थ औसी रहेछ ..

प्राय जसो

म मध्य रातमा ब्युझने

बानी छैन मेरो

बेलुका जस्तो अवस्थामा सुते

बिहान् त्यस्तै अवस्थामा

उठ्ने दैनिकी छ मेरो ..

तर आज ब्युझेपछी

आमा तथा धर्ती आमा प्रती

केही शब्द कोर्न

जांगर चल्यो ...

आमा अनी तिमी धर्ती आमा

तिम्रा ति अनगिन्ती त्याग र तपस्याहरु

म शब्दमा कोर्न सक्दिन

आमाले नै यस

सुन्दर धर्ती देखायौ

अनी मेरी धर्ती आमाले

मेरो परिचय ..

मेरी आमाले मेरो

लागि गरेको त्याग र तपस्या

म शब्दमा कोर्न सक्दिन

आमा तिमी जहा, जे अवस्थामा छौ

खुशी रहनु , सुखी रहनु

मानिसहरु स्वर्ग र नर्कको कुरा गर्छन

तर मेरी आमाले

आफ्नो सन्तान , परिवार र राष्ट्रलाई

घात हुने काम कहिल्यै

गरेकी छैनौ..

त्यसैले त तिमी पक्कै पनि

स्वर्गमै आसिन छ्यौ...

जीवनको दौडानमा

जन्मेदेखी आमाका साथ

रहुन्जेलसम्म मैले

कुनै गल्ती नगरेको भए

आज एकै दिन भए

पनि यो टुहुरी छोरीलाई

आशिर्वाद दिन पक्कै आउनेछौ ...

हुन त यो अभागीन छोरीलाई

तिमीसँग आशिर्वाद माग्ने

के नै अधिकार छ र ?...

किन कि मैले तिम्रा

न त स्तनपानको ऋण तिर्न सके

न त तिमिले म प्रती गरेका

बलिदानको मुल्यानकन नै गर्न सके ..

तर पनि तिमी आमा भनेको

आमा नै हौ....

तिम्रो महिमा म

शब्दमा बयान गरेर अवमूल्यन

गर्न सक्दिन

तै पनि आमा तिमीलाई

श्रद्धा सुमन दिने

शब्द बाहेक मसँग अरु के नै छ र ..?

तिमी आमा भनेको आमा नै हौ

धर्ति आमा भनेको

मेरो परिचय हो

यसको संरक्षण गर्न

हामी सबैले त्याग गर्नैपर्छ..

के स्वदेशी के बिदेशी

आखिर हाम्रो परिचय नेपाली

यसको गौरवको लागी

तपाई हामीको केही न केही

नैतिक दायित्व छ !