Hollywoodkhabar advertisement

अष्ट्रियामा अर्याल थरकी नेपाली महिलाले आफ्नै ३ सन्तानको हत्या गरिन

-अष्ट्रियामा अर्याल थरकी नेपाली महिलाले आफ्नै ३ सन्तानको हत्या गरिन
0
shares

हलिउडखबर, १०/१७/२०

The Daily Sabah र Yahoo News लगायतले अनलाइनमा पोष्ट गरे अनुसार अष्ट्रियाको भियनामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरेर प्रहरीलाई खबर गरेकी छन्। सन्तानको हत्यापछि उनले आफूलाई पनि मार्न प्रयास गरेकी थिइन। उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ।

अक्टुवर १७ बिहान ती महिलाले आफ्नै ९ बर्षे र ६ बर्षीय छोरीहरु र ८ महिनाको छोराको हत्या गरको र उनले पनि आत्महत्या गर्ने खोजेकी थिइन। एक सन्तानलाइ अस्पताल लाग्दा लाग्दै मृत्यू भएको पनि भियना प्रहरीले बताइएको छ।

उनले किन हत्या गरिन त्यो कुरा अझै खुलेको छैन। उनीहरुको आपसी झगडाले गर्दा श्रीमान पनि केहि समय देखि अलग बस्थे भन्ने सम्मको कुरा खुल्न आएको छ। तर पनि अन्तरिक कारण के हो त्यो भने खुलेको छैन। सबै घटना घटाएपछि ३१ बर्षीय ती महिलाले प्रहरीलाई बिहान ५:२० मा फोन गरेर आफूले आफ्ना तीन सन्तानको हत्या गरेको र आफूलाई पनि मार्न प्रयास गरेको बताएको कुरा भियना प्रहरीले बताएको छ।

एक अपुष्ट खबर अनुसार ति महिला चन्द्रा भट्टराई अर्याल भएको बुझिएको छ। उनि मानसिक रोगी भएको अनुमान गरिएता पनि प्रहरीले सो संबन्धि जानकारी दिएको छैन। उनका श्रीमानलाइ स्थानीय प्रहरीले १५ दिनको लागि छुट्टै बस्ने निर्देशन दिएकोले सो घटना हुँदा उनि घरमा थिएनन् भन्ने अपुष्ट खबर प्राप्त भएको छ।