-Picture from 2020 Presidential Election Polls

राष्ट्रपति निर्वाचन:प्रतिशतले बाइडेन भनेपनि मतले ट्रम्प बलिया देखिए:विश्लेषण सहित

Hollywood Khabar October 27,2020 Comments

कृष्ण के सी, अमेरिका/१०/२७/२०

अमेरिकाको आसन्न नोवेम्बर ३, २०२० मा हुने राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति डनल्ड ट्रम्प दोश्रो कार्यकालका लागि र डेमोक्र्याटिक पार्टीका नोमिनी तथा पूर्व उपराष्ट्रपति जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ।

हुनत २०१६ को आम निर्वाचनको भन्दा कयौं गुणा अर्ली मत खसेको छ। सर्भेक्षणले बाइडेनले कयौं अन्तरले जितेका छन् तर पनि नियालेर स्टेटको अवस्था र सर्भेक्षण अनि ब्याटल ग्राउण्डको स्थिति हेर्दा ट्रम्प बलिया देखिए। नेशनल सर्भेक्षणमा बाइडेन ५१ प्रतिशत र ट्रम्प ४४ प्रतिशत भनिएको छ। NBC, ABC र CNN को इलेक्शन म्याप हेर्दा यो पटकको निर्वाचन झन् प्रतिस्पर्धा हुने देखिन्छ।

तर हरेक स्टेटको अवस्था हेर्दा चाहिँ यो मितिको परिस्थिति राष्टपति ट्रम्प २५१ र उपराष्ट्रपति बाइडेन २६० मतको हाराहारीमा छन्। ५३८ मतको सिट जित्नको लागि २७० मत ल्याउनुपर्छ। यो डाटामा राष्टपति ट्रम्पले गरको झिन्नो लिडिङ्गलाइ जोड्दा २८७ मत हुन आउँछ। उनलाई जित्न १९ मत मात्र चाहिन्छ। उनको लिडिङ्ग मत जोड्ने हो भने उनको हातमा बोनस ८ मत रहन्छ। उता तिर उपराष्ट्रपति बाइडेनको २६० लिडिङ्ग मतमा झिनो अन्तर जोड्दा २७८ हुन आउँछ। यो अवस्थामा बाइडेनसंग ८ मत बोनस रहन्छ।

तर जे सुकै भनिएता पनि यो पटक मत सर्भेक्षणमा जस्तो बाइडेन जित्ने या ट्रम्प जित्ने भन्ने सजिलो आंकलन देखिएन। यो अन्तिमको हप्ता उनीहरुले पार्ने ब्याटल गराउण्ड आफ्नो हात पर्न सके भने त्यसले फरक पार्नेछ। पेन्सलभेनिया र फ्लोरिडा जिते भने बाइडेनको जित पक्का। अन्यथा नतिजा २०१६ कै जस्तो हुने अनुमान गर्न सकिन्छ।