-साङ्केतिक तस्बिर साभार वेब

बालाजुमा आँखामा खुर्सानीको धुलो छर्केर ४८ लाख लुटियो

Hollywood Khabar January 25,2020 Comments

१२ माघ,काठमाडौं।काठमाडौंको बालाजुमा जग्गाको बैनादिन गएका व्यक्तिको आँखामा खुर्सानीको धुलो छर्केर ४८ लाख रुपैंया लुटिएको छ ।६ जनाको समूहले जमिनको बैनावापतको रकम बोकेर गएका बच्चुराम गुरुङको आँखामा खुर्सानीको धुलो छर्किएर ४८ लाख रुपैयाँ लुटेको जनाएको छ ।महानगरीय अपराध महाशाखाले  लुटपाटमा संलग्न ६ जनालाई शनिबार साँझ पक्राउ गरेको जनाएको छ।नेपाली सेनाका अवकाशप्राप्त सुवेदार गुरुङले काभ्रेस्थलीमा रहेको जमिन किन्नका लागि बैनास्वरुप लागेको ४८ लाख आँखामा खुर्सानीको घुलो हालेर लुटिएको थियो । पक्राउ परेको समूहनै  गुरुङलाई जमिन बैना गराउन बोलाएको समूह रहेको प्रहरीले जनाएको छ ।