-बगरफाँटको कोटखोलामा आएको बाढी

बाढीले बगाउदा दुई बालिका बेपत्ता 

Hollywood Khabar September 21,2019 Comments

५ असोज म्याग्दी।म्याग्दीमा बाढीले बगाउदा दुई बालिका बेपत्ता भएका छन् ।बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलामा आएको बाढीले बगाउँदा स्थानिय ६ बर्षकी अनुसा परियार  र १० बर्षकी पविना परियार बाबेपत्ता भएका हुन्। तेस्तै  बाढीका कारण बगरफाँटका ३ घर विस्तापित भएका छन् बाढीले तिलिजा सहीत २ घर पूर्ण रुपमा बगाएको मंगलाघाट प्रहरी बिटका हवल्दार सुरेस लाल नगरकोटीले जानकारी दिए।बाढीले  बगरफाँटमै रहेको बुद्ध एकेडेमीको विद्यालय पनि बगाएको छ।

प्रिन्सीपल धुब्रसागर शर्माले  विद्यालयको १८ वटा कक्षा कोठा बगाउनुका साथै एक अफिस र कम्यूटर कोठामा समेत पूर्ण रुपमा क्षती गरेको  जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय म्याग्दीले १ करोड ३० लाखको भन्दा बढीको क्षती भएको जनाएको छ ।