-सांकेतिक तस्विर

बाढी पहिरोका कारण उदयपुरका ३७ घरपरिवार विस्थापित

Hollywood Khabar September 17,2019 Comments

१ असोज,उदयपुर।अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण उदयपुरका ३७ घरपरिवार विस्थापित भएका छन्। भदौ ३० गते रातिदेखि भारी वर्षासँगै पहिरो जाँदा  बेलका नगरपालिका  ६ स्थित घारे र तित्रीबोटका १० घर राई र बोटे परिवार विस्थापित भएका हुन् ।तेस्तै - ३ को गिदेरी खोला गाउँमा बाढी पस्दा सातपत्रे र निसानटोलका २१ घर डुबानमा परेका छन् ।तेस्तै वडा नम्बर ४ को सिसुवा खोलाले खोर्सानेझोर गाउँको सुरक्षाका लागि लगाएको बाँध भत्काउँदा ६ घर विस्थापित भएका छन् ।

तेसैगरी पहिरोले तित्रीबोटका चुर्नलाल राईको घर पुरिसकेको छ भने जयलाल राईको आधा घर भत्काएको छ।तेस्तै  पहिरोले मानबहादुर माझीको ३ विघा खेतीयोग्य जमिन पुरेको छ भने माइक्रो हाईड्रो पावर पूर्णरुपले क्षतिग्रस्त भएको छ ।शिसुवा खोलामा आएको बाढीले स्थानीयको २५ बिघा धानखेत पुरेको छ भने कटारी आसपासका क्षेत्रमा कटान गरेको छ। 
 
सडक भत्किएसँगै बिहानैदेखि आबागवन बन्द भएको छ भने चौदण्डीगढी नगरपालिका ३ को कालीखोलामा आएको बाढीले को.१.च.६४२० नम्बरको मारुती भ्यान बगाएको छ । स्थानीयले भ्यानमा रहेका तीनजनालाई सकुशल उद्धार गरेका छन् ।तेस्तै सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका- ३ का रमानन्द साहले सञ्चालन गरेको किराना पसलमा बाढी पसेको छ ।