तस्बिर साभार वेब

बागमती गोल्डकपमा च्यासलको गोल वर्षा

Hollywood Khabar February 16,2020 Comments

६ फागुन हेटौंडा।मकवानपुरमा जारी तेस्रो बागमती गोल्डकपमा सोमबार च्यासल युथ क्लबले गोल वर्षा गरेको छ। च्यासलले आयोजक बागमती गाउँपालिकालाई ८-० गोलले हरायो।च्यासलको जितमा विदेशी खेलाडी कजिम बुसारी र सुनील बलले ह्याट्रिक गरे। नीतिन थापामगर र पूर्णबहादुर गुरुङले एक एक गोल गरेका थिए। सुनील बल म्यान अफ दी म्याच भए। उनले पाँच हजार रुपैयाँ पुरस्कार पाए। 

बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ हात पार्नेछ। उत्कृष्ट विधाको गोलरक्षक, स्ट्राइकर, मिडफिल्डर, रक्षक र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। मंगलबारको खेल न्यु डाँफे युवा क्लब र जाउलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।