-ललितपुरको वाग्मतीमा वाग्मिता साहित्य प्रतिष्ठान स्थापना, अध्यक्षतामा नवराज सञ्जेल

ललितपुरको वाग्मतीमा वाग्मिता साहित्य प्रतिष्ठान स्थापना, अध्यक्षतामा नवराज सञ्जेल

Hollywood Khabar June 07,2021 Comments

ललितपुर, जुन ७, २०२१

भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकाससम्बन्धी स्थानीयस्तरको नीति, कानुन, मापदण्ड निर्माण र योजना कार्यान्वयन र नियमन, पुरातत्व, प्राचीन स्मारक र सङ्ग्रहालयको संरक्षण स्थानीय तहबाटै हुने व्यवस्था स्थानीय तह सन्चालन ऐनमा उल्लेख गरिएको छ।

स्थानीय तहमा साहित्य सम्बन्धि कार्य गर्न ललितपुरको वाग्मती गाउँपालिका भित्रका प्रतिनिधिमूलक साहित्यकर्मीको उपस्तिथिमा वाग्मिता साहित्य प्रतिष्ठान गठन गरिएको छ। वाग्मती गाउँपालिका ललितपुर भित्र साहित्य, भाषामा आगामी यात्रा तय गर्न प्रारम्भिक छलफल सुरु गरि आगामी तीन महिनाभित्र वृहत् साहित्यकार भेला गर्न वाग्मती गीतका रचनाकार एवं गजलकार नवराज सञ्जेलको अध्यक्षतामा वाग्मिता साहित्य प्रतिष्ठान तदर्थ समिति गठन गरिएको हो।

प्रतिष्ठानमा पालिका अध्यक्ष वीरबहादुर लोप्चन, उपाध्यक्ष रन्जना घिमिरे प्रमुख पदेन सल्लाहकार तथा सामाजिक विकास समिति संयोजक विजयकुमार लो र अग्रज साहित्यकार गोपाल सञ्जेल सल्लाहकार रहनु भएको छ। प्रतिष्ठानमा गिम्दीका कृष्ण बल उपाध्यक्ष, वाग्मती शिक्षामा कार्यरत रोशन दाहाल सचीव, सहसचिवमा गजलकार नवीन तिमल्सिना, प्युटारका सिकारु राम कोषाध्यक्षमा रहनु भएको छ।

साथै कार्यसमिति सदस्यमा अर्जुन दाहाल मिलन, शकुन्तला धिमाल, बिशाल दुलाल, सन्तोष दाहाल, बुद्धराम थिङ, वसन्ती थापा, अन्जना दाहाल, बाबुलाल स्याङ्तान रहनु भएको छ। प्रतिष्ठानले वाग्मती भित्रका साहित्य कलालाई अगाडि बढाउने छ। साथै सम्पूर्ण वाग्मतीका साहित्यकारलाई आगामी दिन सदस्यता आह्वान गरि साधारण सभा गरिने अध्यक्ष सञ्जेलले जानकारी दिनु भयो।