-एनआरएनए एनसीसी बहराइनमाको निर्वाचन समिति खारेज गर्न माग गर्दै अध्यक्ष कुमार पन्तलाई पत्र

एनआरएनए एनसीसी बहराइनमाको निर्वाचन समिति खारेज गर्न माग गर्दै अध्यक्ष कुमार पन्तलाई पत्र

Hollywood Khabar July 18,2021 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) बहराइनको आठौं अधिवेशनका लागी बनाईएको निर्वाचन समिति खारेज गर्न माग गर्दै अध्यक्ष कुमार पन्तलाई पत्र पठाइएको छ। निर्वाचन समितिमाथि ८ बुँदे असहमति राख्दै एनआरएनए बहराइनका पदाधिकारीहरुले अध्यक्ष पन्तसमक्ष निर्वाचन समिति खारेज गर्न माग गरेका छन।

निर्वाचन समितिले आफ्नो बैठकको माइन्युट नगरेको, केहि उम्मेदवारको उम्मेदवारी झुट्टा आरोप लगाएत खारेज गरिदिएको, उम्मेद्वारी मनोनयन दर्ता समय समाप्त हुँदा पनि बलजफत गरी उम्मेद्वार दर्ता गरेको, एउटै विषयमा फरक मापदण्ड अपनाइ एउटा पक्षको उम्मेद्वारी दाबी विरोधलाई स्वीकार गरेको लगायतका विषय गलत रहेको ठहर गर्दै निर्वाचन समिति खारेज माग गर्न माग गरिएको एनआरएनए बहराइनका वर्तमान उपाध्यक्ष एवं अध्यक्ष पदका उम्मेद्वार शुभास केसीले एक पत्रकार सम्मेलनको आयोजना गर्दै जाकारी गराए ।

एउटा डिभाइसबाट एउटा मात्रै मतदान गर्न दिइनु पर्नेमा कार्य समितिले बहुमतबाट एउटा डिभाइसबाट जति पटक पनि मतदान गर्न दिने भन्ने एकल निर्णय गरेको र त्यसबाट चुनावमा धाधली हुन सक्ने भएकाले हामीले त्यसको लिखित विरोध गरेका छौं, तर अहिले सम्म कुनै सुनुवाइ भएको छैन, केसीले भने । केसीले एनआरएनए बहराईनका अध्यक्ष लक्ष्मी गिरि , निर्बाचन संयोजक राजकुमार क्षेत्रि र अन्य केहिले मनोमानी ढंगले निर्बाचन प्रक्रियामा मनोपोली गरेकाले तत्काल खारेज गर्नुपर्ने बताए । केसीले आफुहरुले उनीहरुको मनोपोलीबिरुद्द मध्यपुर्व क्षेत्रिय समिति र आईसिसिलाई जानकारी गराईसकेकाले न्याय पाइनेमा आशाबादी रहेको बताए ।

उक्त पत्रकार सम्मेलनमा सबै प्रकृया पुरा गरेर पैसा तिरिसकेका प्रथम उपाध्यक्षका प्रतिस्प्रधी रामु काफ्ले र सहकोषाध्यक्षका उम्मेदवार अनमोल राक्सेमगरले आफुहरुलाई निर्बाचन समितिले झुटा आरोप लगाएर उम्मेदवारी खारेज गराएको बताए । निर्बाचन समितिले उनीहरुलाई नेकपा माओवादीको सदस्य भएको आरोप लगाउदै उम्मेदवारी खारेज गरेको थियो । तर उनीहरुले पार्टीबाट राजिनामा दिएर राजिनामा स्वीकृत पत्रसहित आफुहरु उपस्थित हुदा पनि राजनीतिक प्रतिसोधका आधारमा आफ्नो उम्मेदवारी खारेज गरेकाले यो निर्बाचन समिति खारेज गर्नैपर्ने बताए ।

उक्त सम्मेलनमा एनआरएनए बहराईनका सहकोषाध्यक्ष देव गिरिले एनआरएनए बहराईनको हिसाब अध्यक्षले मनोमानी हिसाबले खर्च गरेको र आर्थिक पारदर्शिता नभएको आरोप लगाए । उनले कोषको हिसाब कोषाध्यक्ष नहुदा आफुले हेर्नुपर्नेमा अध्यक्ष आफैले संचालन गर्नु गलत भएको बताए ।

कोषाध्यक्ष बिष्णुप्रसाद आचार्यले आफुलाई मानबिय त्रुटिका आधारमा अध्यक्ष लक्ष्मी गिरीले कारबाही गरेको बताउदै तत्काल कारबाहीमुक्त गर्नुपर्ने माग गरे उनले आफुले सबै जानकारी आईसिसिलाई गरेकोले न्याय पाउनेमा आशाबादी भएको बताए । कार्यक्रममा उपस्थित धेरै पदाधिकारी तथा बहराईनका संघ संस्थाले एनआरएनए बहराईनमा धेरै मनोपोली भएकाले तत्काल आईसिसिले हस्तक्षेप गरि अनुसन्धान गर्नुपर्ने बताए ।