-राष्ट्रपति निर्वाचन: बाइडेनले लिड गर्दै नेभाडा, जर्जियामा र पेन्सलभेनिया

राष्ट्रपति निर्वाचन: बाइडेनले लिड गर्दै नेभाडा, जर्जिया र पेन्सलभेनिया

Hollywood Khabar November 05,2020 Comments

कृष्ण के सी, अमेरिका/११/६/२०२०

अमेरिकाको नोवेम्बर ३, २०२० मा भएको निर्वाचनमा राष्ट्रपति डनल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनबीच भएको निर्वाचनको मत परिणाम अन्तिम अन्तिम चरणमा पुगेको छ।

Fox News को प्रोजेक्शन अनुसार अर्को ब्याटल ग्राउण्ड स्टेट जर्जियामा पनि बाइडेनले जित्ने अवस्था सृजना भएको छ। प्यासिफिक समय बिहान ६:०० बजेको नतिजा अनुसार जर्जियामा ९९% मत गणनामा बाइडेनले १०९७ मत (०.२%) मतले लिड गरेका छन्।

त्यसैगरी नेभाडामा ८४% मत गणना सम्पन्न हुँदा बाइदेनले ११ हजार ४ सय ३८ मत अर्थात (०.९६%) ले लिड गरेका छन्। पेन्सलभेनियामा ९८% मत गणनामा बाइडेनले ५,५९४ (०.८%) मतले लिड गरेका छन्। पेन्सलभेनियामा पनि ९८% मत गणनामा बाइडेनले ५,५९४ (०.८%) मतले लिड गरेका छन्।

***Picture from Fox News: