Hollywoodkhabar advertisement

राष्ट्रपति निर्वाचन:बाइडेन ५२%-ट्रम्प ४३%, ब्याटल ग्राउण्डमा नेक टु नेक, विश्लेषण सहित

-राष्ट्रपति निर्वाचन:बाइडेन ५२%-ट्रम्प ४३%
0
shares

कृष्ण के सी, अमेरिका/१०/१५/२०

अमेरिकाको आसन्न नोवेम्बर ३, २०२० मा हुने राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति डनल्ड ट्रम्प दोश्रो कार्यकालका लागि र डेमोक्र्याटिक पार्टीका नोमिनी तथा पूर्व उपराष्ट्रपति जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ।

निर्वाचनलाइ लिएर धेरै संचार माध्यमहरुले मत सर्भेक्षण गरेका छन्। सबै जसोको मत सर्भेक्षण धेर-थोर फरक आएता पनि राष्ट्रिय रुपमा सबैले बाइडेन अगाडी रहेको देखाएका छन्। मत सर्भेक्षणले नै निर्वाचन यसै हुन्छ त्यो भन्न कठिन हुन्छ। तर एउटा सतहमा तथ्य सहित गरेको हुनाले धेरै कुराहरु नतिजाको नजीक हुन्छन।

अवस्था

अमेरिकाको सबै राज्यको जम्मा ५३८ इलेक्ट्रोरल मतमा राष्ट्रपति निर्वाचनमा बिजयी हुनको लागि २७० इलेक्ट्रोरल मत प्राप्त गर्नुपर्ने हुन्छ। राष्ट्रिय स्तरमा NBC News र केहि अन्य सहित 2020 Presidential Election Polls ले दिएका अक्टुवर १५, २०२० को नतिजा अनुसार बाइडेन ५२% र ट्रम्प ४३% को रेसियोमा पतिस्पर्धा गर्दैछन् भनिएको छ।

पक्कडको मत

संख्यामा भन्नुपर्दा ५३८ जम्मा इलेक्ट्रोरल मतमा जित्न आवश्यक पर्ने २७० इलेक्ट्रोरल मत हो। बाइडेनले २१२ इलेक्ट्रोरल मत सुरक्षति गरेका छन् भने ट्रम्पले १६३ इलेक्ट्रोरल मत आफ्नो पक्कडमा राखेका छन्।

झिनो अन्तर

बाइडेनले र ट्रम्प दुबैले झिनो अन्तरले लिड गरेको मत दुवैलाइ जोड्ने हो भने बाइडेन र ट्रम्प दुवैको मत २१०/२१० हुन्छ। यहाँ बाँकी रहेको ११८ मतको लागि लडाइं पर्नेछ।

ब्याटल ग्राउण्ड

बाइडेनको र ट्रम्प दुवैको उल्टी-पल्टी मत जोडेर हेर्ने हो भने ट्रम्पको बाइडेन २७२ र ट्रम्पको २६४ हुन आउँछ। यो बिचको ज्ञापमत मात्र हुन्छ। यदि ६ मत बाइडेनको झिकेर ट्रम्पलाइ जोड्दा दुबैको २६६/२६६ हुन आउँछ। यो स्थितिमा २ मत घटे पनि बाइडेन जित्छन।तर पनि यो स्थिति भनेको अत्यन्तै कडा प्रतिस्पर्धा हो।

निष्कर्ष

बाइडेन ट्रम्पको आजको प्रतिस्पर्धा भनेको आवश्यक पर्ने २७० मध्ये २७२-२६४ को रहेको छ। पछिल्ला तीन दिन यता ट्रम्पले प्रचार अभियान बढाएर १ प्रतिशत अगाडी पुगेका छन् भने बाइडेन पनि १ प्रतिशतले बढेका छन्। यसै समयमा थुप्रै सुरक्षा र अन्य बिषयले ट्रम्पलाइ च्याप्दै लागेको छ। यो गति बढेर गयो भने बाइडेन जित्छन अन्यथा यसै भन्न सकिन्न। अझै १९ दिन बाँकी छ, हेर्दै जाउँ।