-President Trump and VP Jo Baiden

बाइडेनको लिड, टम्पको ल सुट अनि रिपब्लिकनबाटै हार स्वीकार्न तयार रहन सुझाव

Hollywood Khabar November 06,2020 Comments

कृष्ण के सी, अमेरिका/११/६/२०२०

अमेरिकाको नोवेम्बर ३, २०२० मा भएको निर्वाचनमा राष्ट्रपति डनल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनबीच भएको निर्वाचनको मत परिणाम अन्तिम अन्तिम चरणमा पुगेको छ।

मत गणनाको अन्तिम चरणतिर पुग्दा जो बाइडेनले ४ वटा ब्याटल ग्राउण्ड स्टेट मध्ये तीनमा लिड गर्न थाले।निर्वाचनको पहिलो दिन आफूले चुनाव जितेको दावी गरेका राष्ट्रपति ट्रम्पले हार्ने छनक देखेपछि क्रश कण्ट्री ल सुट गर्न थाले। कति स्टेटले ल सुटको प्रमाण नपुगेकाले केश डिनाइ गरिदियो।

कति स्टेटमा त रिपब्लिकन लिडरहरुले नै राष्ट्रपति ट्रम्पलाइ उपद्रब नगरी निर्वाचनको परिणामलाइ स्वीकार गर्न तयार रहन सुझाए। सिनेटर मिट रम्नी देखि अरु थुप्रै नेताहरुले ट्विट नै गरेका छन्। बिहान देखि नै एरिजोना, नेभाडा, पेन्सलभेनिया र जर्जियामा लिड गरेका बाइडेनको चुनाव जित्ने स्थिति नजिकै छ। उता राष्ट्रपति ट्रम्पले भने आफूलाइ हराउन जाल-झेल गरेको आरोप लगाएका छन्।