साङ्केतिक तस्बिर:साभार वेब

बैतडीमा मरेको कुखुराको मासु खाँदा एकको मृत्यु, ९ बिरामी

Hollywood Khabar November 18,2019 Comments

३ मंसीर बैतडी। बैतडीमा मरेको कुखुराको मासु खाँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका ९ जना बिरामी परेका छन्।पुर्चौंडी नगरपालिका वडा नम्बर–२, जरसौंमा शनिबार साँझ मरेको कुखुराको मासु खाँदा एक जनाको ज्यान जानुका साथै ९ जना बिरामी परेका हुन्।बिरामी हुनेमा ७० वर्षीय पार्वती पार्की, ३३ वर्षीया गंगा पार्की, ८ वर्षीय राकेश पार्की, ३५ वर्षीया जानकी पार्की, १२ वर्षीय मनोज पार्की, १० वर्षीय रमेश पार्की, ६ वर्षीय भुवन पार्की, ६ वर्षीय रुपेश पार्की र ४ वर्षीया सपना पार्की रहेका छन् ।

शनिबार साँझ कुखुराको मासु परिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बिरामी परेको स्थानीय केशव पन्तले जानकारी दिनुभयो।मासु खाएपछि बान्ता हुने, झाडापाखला लगायतका लक्षण देखिएको उहाँले बताउनुभयो।शनिबार रातिदेखि नै बिरामी परेकी १५ वर्षीया पुष्पा पार्कीको सोमबार मृत्यु भएको थियो।

बिरामीहरुलाई स्थानीय स्वास्थ्य संस्थाको उपचारले ठिक नभएपछि थप उपचारका लागि हाट स्वास्थ्य चौकीमा लगेको बताईएको छ ।