https://www.youtube.com/embed/rUT1hFJkoik

-सुरेश बर्देवाको मौलिक लोक दोहोरी गीत बजाउ मादलु

लोक दोहोरी गीत बजाउ मादलु

Hollywood Khabar November 08,2019 Comments

जय नेपाल फिल्मस् प्रा.लि.को प्रस्तुतिमा सुरेश बर्देवाको मौलिक लोक दोहोरी गीत बजाउ मादलु यति बेला युटुव बजार मार्फत सार्वजनिक भएको छ । गणेश सेन्चुरीको लय/थेगो र सुरेश बर्देवाको शब्द रहेको गीतमा आवाज भने ईश्वर बाबू र तारा बर्देवाको रहेको छ।

जय नेपाल फिल्मस् को दृश्य निर्माणमा तयार भएको गीतको भिडियोलाई भने यो गीतका गायक स्वयम् ईश्वर बाबू ले निदेशन,छायांकन तथा सम्पादन गरेका हुन । उक्त गीतको भिडियोमा सुरेश बर्देवा र सानी परियारको अभिनय देख्न सकिन्छ । मुर्चुङ्गा डिजिटल मा रेकर्डिङ भएको यो गीतको एरेन्ज संजय श्रीपाल ले गरेका छन भने गीतको रेकर्डिङ पछिल्लो समयका कुशल रेकडिस्ट गोबिन्द वलीले गरेका हुन।