बाजेको सेकुवा खोल्न सरकारका नाममा सर्वोच्चको आदेश

Hollywood Khabar August 28,2018 Comments

दिपक कुमार बिष्ट‚१४ भाद्र‚काठमाडौं।सुन तस्करीको लगानी रहेको आरोपसहित शिलबन्दी गरिएको बाजेको सेकुवा रेस्टुरेण्ट खोल्न सर्वोच्च अदालतले बुधबार सरकारलाई अन्तरिम आदेश दिएको छ।बाजेको सेकुवाका संचालक चेतन भण्डारीकी पत्नी नीतिमा भण्डारीद्वारा दायर रिटमा सुनुवाइ गर्दै सर्वोच्चले शिलबन्दी तोड्न सरकारका नाममा आदेश दिएको हो। 

चेतनलाई संगठित अपराध ऐन अन्तर्गत सुन तस्करीसँग जोडेर मुद्दा चलाइएको छ।सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले बाजेको सेकुवाका सबै शाखा खोल्न आदेश दिएको हो।उपत्यकाका ६ स्थानमा बाजेको सेकुवा कर्नर संचालनमा थिए।पेशा व्यवसाय गर्न पाउने संवैधानिक हकमा आघात पुगेको दाबी नीतिमाको छ।