साङ्केतिक तस्बिर साभार वेब

बालाजुको औद्योगिक क्षेत्रमा आगलागी

Hollywood Khabar August 21,2019 Comments

५ भाद्र काठमाण्डौं।काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ।बालाजु औद्योगिक क्षेत्र भित्र रहेको फोर्स मोटर ग्यारेजमा आज बिहान साढे ११ बजे आगलागी भएको हो।आगलागीबाट ४ वटा नयाँ गाडी र एउटा मोटरसाईकल पुर्णरुपमा क्षतिग्रस्त भएका छन्। 

त्यसैगरी मर्मतको क्रममा रहेको शसस्त्र प्रहरी बलको एम्बुलेन्समा पनि क्षति पुगेको छ।प्राईम इन्टरटेक नेपालका कानुनी सल्लाहाकार सानु श्रेष्ठका अनुसार शसस्त्र प्रहरी बलको एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो।आगो काठमाडौं महानगरपालिका र नेपाली सेनाका दमकलको आगो नियन्त्रणमा लिएको थियो।