-साङ्केतिक तस्बिर

बलात्कारीलाई ११ वर्ष जेल र पीडितलाई १० लाख क्षतिपूर्ति

Hollywood Khabar November 17,2019 Comments

२मंसिर,काठमाडौं।सर्वोच्च अदालतले गेसपेपर किन्न गएकी बैतडीकी किशोरीलाई बलात्कार गर्ने दुई जनालाई साढे ११ वर्ष जेल र पीडितकिशोरीलाई १० लाख रुपैयाँ क्षतिपूर्ति  भराउन आदेश दिएको छ।२०६८ चैत ९ गते एसएलसी परीक्षाको तयारीका लागि गेसपेपर किन्न बैतडीको एक फोटो स्टुडियोमा गएकी पूजा बोहरालाइ  स्टुडियो सञ्चालक सागर भट्ट र उनका साथी अमरराज अवस्थीले सामूहिक बलात्कार गरेका थिए। 
 
बलात्कृत किशोरी
ले आफूलाई बेहोस बनाउने सुई लगाई अचेत अवस्थामा सामूहिक बलात्कार गरेको भनी प्रहरीमा जाहेरी दिएको घटनामा न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टाउदै पीडक सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको हो।सर्वोच्चले बलात्कार कसूरमा साढे ६ वर्ष र सामूहिक बलात्कार कसूरमा ५ वर्ष गरी साढे ११ वर्ष कैद सजाय सुनाइएको हो।तेसैगरी कसूरदार दुई जनाबाट जनही साढे २ लाख गरी ५ लाख र सरकारका तर्फबाट ५ लाख गरी पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि सर्वोच्चलेआदेश दिएको छ।
 
बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको इजलासले यो मुद्दामा २०६९ फागुन २२ गते भट्ट र अवस्थीलाई १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएपनि २०७१ वैशाख १५ गते पुनरावेदन अदालतका न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै दुबै अभियुक्तलाई सफाइ दिएको थियो ।त्यसपछि पुनरावेदनको फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले २०७१ मंसिर २१ गते सर्वोच्चमा मुद्दा दायर गरेको थियो । सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र हरि फुयालको इजलासले कात्तिक ७ गते पुनरावेदन अदालतको फैसला उल्ट्याएको थियो ।सोमबारको इजलासले  सजाय तोकेको हो ।