-नेता थापाद्वारा बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह

नेता थापाद्वारा बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह

Hollywood Khabar July 18,2021 Comments

नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका छन्।

प्रधानमन्त्री नियुक्त भएपछि सरकारी निवास बालुवाटार सरेकै दिन देउवाले पार्टी पदाधिकारी बैठक राखेका थिए। त्यसैगरी प्रधानमन्त्री देउवाले शुक्रबार र शनिबार बालुवाटारमा पदाधिकारी बैठक राखेपछि पार्टीभित्रैबाट पनि आलोचना भएको थियो। त्यसैको प्रतिक्रिया दिंदै नेता थापाले सो कुरा फेसबुक पेजमा आग्रह गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं। उहाँले पार्टी कार्यालय सानेपामा धर्ना भएको कारण यसपटक बालुवाटारमा बैठक राख्नु परेको हो भन्नुभएको छ। जे भए पनि अबदेखि त्यस्तो हुने छैन र गरिन्न भन्ने विश्वास दिलाउनुभएको छ, थापाले भने।

कांग्रेस पार्टी कार्यालयमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै बारा र धनुषाका नेता तथा कार्यकर्ताले विगत एक सातादेखि धर्ना दिइरहेका छन्। पार्टी कार्यालयको मुल गेटमा उनीहरू धर्नामा छन्।