-वामदेव गौतमको यो तस्विर गुगलबाट हो

प्रतिनिधिसभा निर्वाचनमा पराजित वामदेवलाइ सम्मानित राष्ट्रिय सभा सदस्य

Hollywood Khabar September 16,2020 Comments

नेपालमा लगभग दुइतिहाइ बहुमतको संसद नेपाल कम्यूनिष्ट पार्टीको छ। अनि संसदबाट बन्ने सरकार पनि नेकपाको नै छ।

गत प्रतिनिधिसभा निर्वाचनमा पराजित नेकपाका उपाध्यक्ष वामदेव गौतमलाइ बहुमतको तुजुकको भरमा राष्ट्रिय सभा सदस्य बनाइयो। आदश राजनीतिमा निर्वाचनमा हारेकालाइ सोहि अबधिमा संसदमा लैजान नहुने प्रचलित प्रावधान हो। तर नेपालको वर्तमान केपी ओली सरकारलाइ नीति-बिधिको कुनै सरोकर र आवश्यकता छैन भन्ने कुरा हरेकपटक प्रमाणित नै भएको छ।

यसै प्रसङ्गमा उनै संसदमा पराजित नेता तथा नेकपाक उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको सपथ लिएका छन्। राष्ट्रपतिले मनोनित गरेका गौतमलाई बिहीबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले सपथ गराएका हुन्। उनले आफू राष्ट्रियता र जनताप्रति बफादार रहने बताएका छन्। सो समयमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल र माधव नेपाल अनि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको पनि उपस्थिति रहेको थियो।