Hollywoodkhabar advertisement

महाराजको आदेश र बाँदरको जस्तो हर्कतले माधब नेपाल गल्नेवाला छैन

-महाराजको आदेश र बाँदरको जस्तो हर्कतले माधब नेपाल गल्नेवाला छैन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले माफी दिएको छु आउनु भन्ने आदेशको जवाफमा महाराजधिराजको आदेशको संज्ञा दिएका छन्। ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेता नेपालले आममाफी दिने ओलीको घोषणालाई श्री ५ को आदेश भनेका हुन्।

ओली अझै परिवर्तन भएका छैनन, गत वर्षदेखि पार्टीको विधि र पद्धतिलाई नमानिरहेको मात्र होइन आफ्ना बाँदर सेना लगाएर तर्साउन लागि परेको सेमत आरोप लगाएका छन्। आफ्नो निवासअघि राती मोटरसाइकलमा आएका १५-२० जनाले तर्साउन खाजेको कुरा उजागर गरे। क्रान्तिकारी भाषणले मात्रै जनताको मन जितिंदैन, क्रान्तिकारी कामले जनताको मन जितिने बताए।

नेता नेपालको प्रवचनलाइ उदृत गर्दै नागरिक न्यूज अगाडी लेख्छ; हिजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायत माननीय सदस्यहरुमाथि जति पनि स्पष्टिकरण सोधिएका छन्, उनीहरुलाई आम माफी दिइन्छ। एम्नेस्टीएज एम्नेस्टी अनि हामी गद्गद्भयौँ, महाराजाधिराज उवाच, हामी गद्गद्भयौँ, वाह् वाह् वाह्, महाराजधिराज खुशी हुनुभएछ, हामीलाई आममाफी मिलेछ, नाच्नु पर्ने भयो, खुशी हुनुपर्ने भयो, यही हो कम्युनिष्ट पद्धति ?

स्पष्टिकरण सोध्नु गल्ती थियो, मैले हतार गरेँ गल्ती भयो भनिदिएको भए हाइट घट्थ्यो। मेरो निवासअघि राती मोटरसाइकलमा आएका १५/२० जनाले तर्साउन खाजे तर माधव नेपाल तर्सिने मान्छे होइन, फलामको जस्तो शरीर हुन्छ कम्युनिष्टको, त्यत्तिकै डराउँदैन। नेता नेपालले ३ साउनमा प्रतिनिधि सभा विघटन गर्ने अर्को षड्यन्त्र सफल पारेको भन्दै आफूसँग जोडिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सलाम गरेका छन्।

केपी ओलीले सांसद विघटन गर्ने मेरो कदम ठिक थियो, म दूरदर्शी नेता हुँ, भन्न खोज्नुभयो, तर त्यसलाई हामीले जोगाएका छौँ, संविधानको रक्षा गरेका छौँ, स्वतन्त्र न्यायपालिकाको सम्मान र जायज काम गरेका छौँ, नेता नेपालले भने, मसँग जोडिएर देउवालाई मत दिने २२ जना सांसदलाई पनि सलाम गर्न चाहन्छु। नेता नेपालले पार्टीमा हाल देखिएको अन्तर्विरोध पदका लागि नभएको समेत बताएका छन्।

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----