बॉंध मायाले चलचित्र र यसको प्रिमियर सोबारे नायक आर्यन अधिकारी

Hollywood Khabar August 24,2018 Comments

बॉंध मायाले चलचित्रको प्रिमियर सोबारे नायक आर्यन अधिकारी
कृष्ण के सी/अमेरिका
नेपाली चलचित्रमा एउटा फरक पन दिन्छु भनेर सोहि बिषयमा हलिउड नगरीबाट ग्राजुएट बिधार्थी हुन् आर्यन अधिकारी। सान फ्रान्सिस्को बे एरियामा हुर्केका अधिकारीको परिवार नेपाली फिल्म इण्डस्ट्रीमा चिरपरिचित नाम आकाश अधिकारी (अध्यक्ष चलचित्र निर्माता संघ) संग पनि जोडिन्छ। भाग्यमानी आर्यन उनै आकाश अधिकारीका एकै परिवारका व्यक्ति हुन्।

नायक आर्यन अधिकारी आफैद्धारा आफ्नो नेपाली चलचित्र बाँध मायालेका बारेमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अधिकारीले धेरै कुरा बताए। हाल सम्म ५ वटा मूभी खेलिसकेको बताउने अधिकारीको रिजिल हुँदै गरेको बाँध मायाले भने यो दोश्रो मूभी हो। पहिलो मूभीबाटै सफलाता पाएका अधिकारीले यो मूभी वास्तविक मायाको परिभाषा दिने खालको भएकोले आफूले खेलेको कुरा बताए।

शबिर श्रेष्ठले निर्देशन गरेको चलचित्र बाँध मायालेमा आर्यन अधिकारीका साथमा नायिका श्रीष्टी श्रेष्ठ, चर्चित हाँस्य कलाकार राजाराम पौडेल, किशोर खडका लगायतका कलाकारहरुको अभिनय रहेको कुरा आर्यनले जानकारी दिए।  

अष्ट्रेलियाको सिड्नीमा पहिलो प्रिमियर सो गरेको र दोश्रो सो आफ्नो होमटाउनबाट गर्न लागेको बताउने नायक अधिकारीले पत्रकार भेटघाट कार्यक्रममा आफ्नो मूभीको ब्याख्या गर्ने क्रममा प्रेमको परिभाषा समेत दिए। माया भनेको कुनै हिसाब-किताब र संझौता होइन त्यसमा कुनै सोच नै हुँदैन केवल माया हुन्छ। त्यसैको प्रतिक नै आफ्नो मूभी बाँध मायाले हो भने नायक अधिकारीले। अन्तमा आफ्नो मूभी परिवारका सबै सदस्य बसेर हेर्न बढी मज्जा आउने कुरा बताउँदै सबैलाई मूभी प्रिमियर सो हेर्न आमन्त्रण समेत गरे।

नयाक अधिकारीले आफ्नो मूभी सान फ्रान्सिस्को बे एरियाका दुइ फरक टाउनमा प्रिमियर सो हुने करा जानकारी दिए। पहिलो सो Landmark Albany Theater मा 28th August, २०१८ मंगलबार 6:30 PM मा र दोश्रो साउथ बे Serra Theatre, Milpitas मा 2nd September, २०१८ आइतबार 5 PM मा हेनछ। त्यसैगरी नेपालका सबै हलहरुमा असोज ५, २०७५ अर्थात 21 September २०१८ का दिन प्रदर्शन हुनेछ।

सबै भन्दा महत्वपूर्ण कुरा नयाक अधिकारी यसै सान फ्रान्सिस्को क्षेत्रमा हुर्केकाले यसक्षेत्रका सबैले पारिवारिक रुपमा हेर्दछन। त्यसैले पनि उनले आफ्नो प्रिमियर सो होमटाउन लाइ रोजे।

लाइभ हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस:

https://www.facebook.com/krishnakc2017/videos/1825598707556859/