-तस्बिर साभार वेब

बंगादेशका राष्ट्रपति हमिद नेपाल आउँदै 

Hollywood Khabar November 10,2019 Comments

२६,कार्तिक,काठमाडौं।बंगादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल आउँदैछन्।हमिद नेपाली समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि मंगलबार हमिद मंगलबार  नेपाल आउन लागेका हुन् ।हमिद कात्तिक २९ गतेसम्म नेपालमा रहने र भ्रमणको दौरानमा हमिदले नेपाली समकक्षीलगायतसँग भेटवार्ता गर्नुका साथै विभिन्न स्थानकाे अवलाेकन गर्ने परराष्ट्रले जनाएको छ। 
 
हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन आफ्ना बंगलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा राष्ट्रपतिले आयोजना गर्ने राजकीय भोजमा पनि हमिद सहभागी हुनेछन् ।
 
त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेकपाका अध्यक्ष ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूसँगभेट गर्ने परराष्ट मन्त्रालयले जनाएकाे छ ।तेस्तैगरी राष्ट्रपति हमिदले भक्तपुर दरबार क्षेत्र, चन्द्रागिरि, पोखरालगायत स्थानको पनि अवलोकन गर्ने परराष्ट मन्त्रालयले जनाएको छ ।