अन्तरराष्ट्रिय म्युजिक भिडियोमा  सीतल आचार्यको उडान

Hollywood Khabar February 26,2017 Comments

बाङ्लादेशका मसुर गायक तथा मोडेल एच. एम. राणा (HM RaNa) का साथ मोडेल तथा कलाकार सीतल आचार्य पहिलो पटक अन्तररा{ष्ट्रिय म्युजिक भिडियोमा देखिदै छिन्।  एच. एम. राणाको आफ्नै सुमधुर स्वोर भरियको गीतमा म्युजिक डाइरेक्टर तथा कम्पोजर भने बलिउडमा समेत  म्युजिक दिई सकेका एम ए रहमान  (M. A. Rahman) रहेका छन्, रहमानले आशिकी २ जस्ता हिन्दी फ्लिममा आफ्नो साङ्गतिक जादु  देखाइ सकेका छन।

सीतल आचार्यले धेरै नेपाली म्युजिक भिडियोमा काम गरिसकेकी छिन् भने नेपाली चलचित्रमा पनि काम गरी सकेकी आचार्य एक पछी आर्को गर्दै केही दिनमै आर्को बङलादेशी म्युजिक भिडियोमा काम गर्दैछिन, सीतल मोडेल मात्रा नभई एक कुशल कलाकार पनि हुन।

आर एस फिल्मसले सम्पूर्ण जिम्मा लिएको यस म्युजिक भिडियोको सम्पूर्ण शूटिË नेपालको बिभिन्न स्थानहरु (नगरकोट, पोखरा र ठमेल लगाएत) मा खिचिएको म्युजिक भिडियोको निर्देशन आर सि कोइरालाले गर्नु भएको छ। बिभिन्न म्युजिक भिडियो, फिल्म तथा डकुमेट्रीमा काम गरिसकेका आर सि कोइरालाको अन्तरराष्ट्रिय म्युजिक भिडियो निर्देशन भने यो नै पहिलो रहेको छ ।       

 "सपना नि तिमी बिपनी नि तिमी 

तिमीनै जिबन तिमीनै मृत्यु"..........  सार भएको बङाली गीतको ब्यबस्थापनको निर्देशक सम्म रहेका शाउल बाबु (Sheul Babu) को छायाङ्कन रहेको यस् म्युजिक भिडियो दर्शक सामु चाडै आउँदै छ।