-बार्सिलोनामा लोक दोहोरी धमाका हुने लोक गायक-गायीकाहरु पनि आईपुगे

बार्सिलोनामा लोक दोहोरी धमाका हुने लोक गायक-गायीकाहरु पनि आईपुगे

Hollywood Khabar January 24,2020 Comments

भोला लानिछाने, यूरोप/१/२५/२०

स्याङ्जा सहयोग समाज स्पेनले बार्सिलोनामा लोक गायक खुमन अधिकारी र गायीका रमिला न्यौपाने सहीत लोकदोहोरी सांगीतिक साँझ २०२० को आयोजना गरेको छ।

गायीका तथा गायक दुवै बार्सिलोना उत्रिएका छन्। बार्सिलोना एयरपोर्ट उत्रदा हामी नेपाली संस्थाका अध्यक्ष सन्त बहादुर क्षेत्री, स्याड्जा सहयोग समाज अन्तराष्ट्रीय समन्वय परिषदका निवर्तनान उपाध्यक्ष शालीकराम डुम्रे लगायतले उनीहरूलाई भब्य स्वागत गरेका थिए।

स्याड्गा सहयोग समाज स्पेनमा रहेका सम्पूर्ण संघ-संस्थाहरूलाई उक्त कार्क्रममा उपस्थितिको निम्ति हार्दिक अनुरोध गरेको कुरा अध्यक्ष बिमल गुरूडंले बताएका छन्।

कार्यक्रम पुरा बिवरण:

मिति:जनावरी २६, २०२० आईतवार

समय: बेलुका ५ बजे देखि १० बजे सम्म

स्थान: रेक्टाेर ट्रियादो ५३ Calle Rector Triadó 53 Metro, Hostafranc L1,Tarragona L3

टिकट: ५ यूरो मात्र