तस्बिर साभार वेब

वायु प्रदूषणका कारण काठमाण्डौ उपत्यका मानिस बस्न अयोग्य

Hollywood Khabar February 19,2020 Comments

९ फागुन काठमाण्डौ।वायु प्रदूषणका कारण काठमाण्डौ उपत्यका मानिस बस्न अयोग्य अवस्थामा पुगेको छ।विश्व स्वास्थ्य सङ्गठनका अनुसार हावाको गुणस्तर सूचकाङ्क अक्वा १ सय ४० सम्म मानिस बस्न योग्य हुने भए पनि अहिले रत्नपार्क आसपासमा अक्वा १ सय ६६ रहेको वातावरण विभागले जनाएको छ ।उपत्यकाभरिकै हावाको गुणस्तर सुचकाङ्क अक्वा औषतमा १ सय ४० भन्दा धेरै रहेको वातावारण विभागका प्रवक्ता ईन्दुविक्रम जोशीले जानकारी दिनुभयो । 

विश्व स्वास्थ्य संगठनले मानिस बस्न हावाको गुणस्तर सुचकाङ्क अक्वा १ सय २५ हुनुपर्ने र १ सय ४० सम्म बस्न सकिने तोकेपनि काठमाण्डौको अक्वा १ सय ६६ पुगेको हो। गाडीको धुवाँसँगै आगो बाल्दा निस्कने धुवाँको कारण उपत्यकाको प्रदूषण बढेको प्रवक्ता जोशीले बताउनुभयो।केही दिनदेखि उपत्यकामा बाक्लो तुवाँलो लागिरहेको छ।बढिरहेको प्रदूषणकै कारण तुवाँलो लागेको श्रेष्ठले बताउनुभयो । जल तथा मौसम पूर्वानूमान महाशाखाले सतहको हावा तात्नेगरी घाम नलागी वा पानी नपरी तुवाँलो नहट्ने जनाएको छ।

प्रदूषित हावाका कारण मानिसमा मुटु रोग, दम तथा खोकी तथा फोक्सोको क्यान्सर समेत हुने खतरा रहने हुदा बाहिर निस्कदा मास्क प्रयोग गर्न सुझाव दिदै वीर अस्पतालमा कार्यरत छातीरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठले बताउनुभयो । मास्क प्रयोग गर्दा हावाको प्रदूषणबाट हुने जोखिम केही घटेपनि रोक्नै भने नसकिने भएकोले प्रदुषित हावा भएको ठाउँमा सकेसम्म कम हिँडडुल गर्नु सबैभन्दा राम्रो उपाय भएको डाक्टर श्रेष्ठले बताउनुभयो ।