https://www.youtube.com/embed/WZi6nvVwQ60

-एनआरएनए मानार्थ आइसीसी सदस्य बेद बस्नेत र पप गायीका नलिन चित्रकारको असन बजार

एनआरएनए मानार्थ आइसीसी सदस्य बेद बस्नेत र पप गायीका नलिन चित्रकारको असन बजार

Hollywood Khabar September 29,2021 Comments

भुवन अधिकारी, टेक्सस, सेप्टेम्बर २९, २०२१

नेपाली संगीत क्षेत्रीक पप गायीका नलिना चित्रकार र गैरआवासीय नेपाली संघ (एनआरनएनए) का मानार्थ अन्तराष्ट्रिय परिषद सदस्य तथा गायक बेद बस्नेतको आवाजमा असन बजार गीत सार्वजनिक गरिएको छ।

नेपाली मुलधारका गीतलाइ निक्कै न्यायपूर्ण तरिकाले गाउन सक्ने गायक बस्नेतको यो प्रयोगको लागि ल्याइएको डान्सिङ्ग प्याट्रनको गीतको स्वरमा चर्चित गायीका नलिना चित्रकारले साथ दिएकी छन। सेप्टेम्बर २५, २०२१ शनिबार टेक्ससको अर्भिंङ्गमा भब्य कार्यक्रमका साथ रिलिज गरिएको सो गीतका गीतकार डीपी खनाल रहेका छन। गीतलाइ चर्चित संगीतकार राजनराज शिवाकोटीले संगीत दिएका छन।

अमेरिका र नेपालमा छायांकन गरिएको गीतमा अश्सिस्मा नकर्मी, नारायण प्रधान, कमल साउद, उषा उप्रेती लगायतले अभिनय गरेका छन। त्यसैगरी टेक्ससको अर्भिंङ्गमा रहेको मण्डला थिएटरले यस भिडियोमा आफ्नो नृत्य प्रश्तुति दिएको छ।

पुर्व प्रधान सेनापति रुक्मांगत कटुवालको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको सो गीतका गायक बस्नेत गीत-संगीत आफु भित्र रहेको कला भएता पनि परदेशको भूमिबाट नेपाली संगीतमा गरिने सबै प्रयत्नहरु एनआरएन अभियान अन्तर्गतकै महत्वपूर्ण काम रहेको बताउछन। संसारको जुनसुकै कुनामा रहेपनि सधै भरिको नेपाली बन्ने बिषय एउटा कगजी नागरिकता लिनु मात्र नभएर हाम्रा आफना भाषा, सस्कृति, कला र साहित्यलाइ पनि संगसंगै लानु, त्यसलाई अर्को पुस्तामा हस्तान्तरण गर्नु पनि अभियन्ताको मुख्य जिम्मेवारी रहेको बताउछन्। यस बाहेक गायक बस्नेत कला साहित्य र एनआरएन अभियान बिचमा अन्योन्यास्रित सम्बन्ध रहेको कारणले पनि आफ्नो देन गीत संगीतमा आवश्यक परेको बताउछन।

गायक बस्नेत एनआरएन आइसीसीको वर्तमान मानार्थ परिषद सदस्य हुन् भने उनि निवर्तमान आइसीसी सदस्य थिए। लामो समय दखि अभियानमा सक्रिय बस्नेतले सो भन्दा अघि अमेरिकाको राष्ट्रिय समन्वय परिषदमा २ कार्यकाल कोषाध्यक्ष भएर जिम्मावारी पुरा गरेका छन्।