-बेलायती राजदूत इरानमा पक्राउ, अन्तराष्ट्रिय कानुनको उलंघन भएको आरोप

बेलायती राजदूत इरानमा पक्राउ, अन्तराष्ट्रिय कानुनको उलंघन भएको आरोप

Hollywood Khabar January 11,2020 Comments

हलिउडखबर/जनवरी १२, २०२०

गत हाप्ता इरानले युक्रेनको यात्रुबाहक जहाजलाइ मिसाइल आक्रमण गरि खसालेपछि त्यसमा सवार रहेका १७६ जना यात्रुहरुको मृत्यू भएको थियो।

सो घटना गल्तीले भएको भन्ने इरानको खुलासापछि सो घटनाको बिरोध भएको छ।

विमानमा सवार क्यानाडा लगायत थुप्रै देशका दिवंगत यात्रुहरुको लागि श्रधाञ्जली अर्पण गर्न विश्वविद्यालयमा आयोजित सभाबाट सो विमान दुर्घटनालाइ लिएर बिरोध प्रदर्शन सुरु भयो। केहि दिन यता सो बिरोध प्रदर्शन चर्किएको छ।

यसै प्रसंगमा इरानको सरकार बिरोधी प्रदर्शनकै क्रममा बेलायती राजदूत रब मकेयर पक्राउमा परेका छन्। बिबिसी वर्ल्डले दिएको समाचारमा बेलायती राजदूत दिवंगतहरुलाइ श्रधाञ्जली अर्पण गर्न त्यहाँ गएको कुरा बताइएको छ।

सो बिषयलाई बेलायतका विदेशमन्त्री डोमिनिक रावले आफ्नो बक्तब्यमा आफ्ना राजदूत पक्राउ गर्नु तेहरानले अन्तराष्ट्रिय कानुनको उल्लङ्घन गरेको कुरा उल्लेख गरेको छ। इरानले भने राजदूतले प्रदर्शनकारीहरुलाई भड्काएको आरोप लगाएको छ। राजदूतको पक्राउपछि सो सभाबाट बिरोध प्रदर्शनमा परिणत भएको कुरा पनि बताइएको छ।