चौपट्टै ब्यस्त रक गायीका सरस्वती लामा “उर्वसी”

Hollywood Khabar February 28,2017 Comments

उडिजाने हावाले भन्ने पहिलो एल्बमको गीतबाटै व्हात्तै चर्चामा आएकी नेपाली रक गायीका सरस्वाती लामा आफ्नो दोश्रो एल्बम उर्वसी पछि चौपट्टै ब्यस्त भएकी छन्।

यो २०१७ मै मात्र काठमान्डौको टुँडिखेल लगायत दर्जन भन्दा बढी कार्यक्रमहरुमा गाइसकेकी लामाले पछिल्लो एक महिनामा नै काभ्रे, सिन्धुपाल्चोक, दाङ्, पोखरा, रसुवा, धादिंङ्, बारा लगायत थुप्रै ठाउँमा धमाका मच्चाई सकेकी छन्।

यसै हप्ता सोलु र अर्को हप्ता रामेछाप समेत जाने तयारीमा रहेकी गायीका लामा गत हप्ता कार्यक्रम जुधेर चितवन जान नपाएकोमा भने दु:खी भएको छु भन्छिन। उसो त उनलाई चितवन जाने बिछैट्टै इच्छा थियो। 

स्टेज तताउन खप्पिस लामाको दोश्रो एल्बमको टाइटलसङ्ग “उर्वसी” भने उनको लागि यो वर्षको सबैभन्दा चर्चित गीत हुनपुग्यो। क्लासिक ५० को रक मा वेस्टर्न डिस्को फ्यूजन गरेर नेपाली टोनदिइएको उर्वसी गीत पार्टी र उत्सवहरुमा पहिलो रोजाइ भएको कुरा लामा बताउछिन।