-सांकेतिक तस्विर

भक्तपुरको कपास उद्योगमा आगलागी 

Hollywood Khabar September 20,2019 Comments

५असोज,भक्तपुर।भक्तपुरको एक कपास उद्योगमा आगलागी भएको छ।सूर्यविनायक नगरपालिका–२ बालकोटमा सरिता चौलागाईंद्वारा सञ्चालित मनकामना कपास उद्योगमा आइतबार बिहानै आगलागी भएको हो ।उद्योगमा रहेको ग्यास सिलिन्डरसमेत विस्फोट भएको छ ।महानगरीय प्रहरी बृत्त थिमिले भक्तपुरको वारूणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको जानकारी दिएको छ ।आगलागीबाट कारखानामा रहेका कपडा, पुरानो कपडा पेलेर बनाइएको कालो कपास, मेशिन, औजार र अन्य सामान जलेर नष्ट भएको प्रहरी वृत्त थिमिमा प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।