तस्बिर साभार वेब

भक्तपुर र कास्कीमा ५ जनाको उम्मेदवारी बदर

Hollywood Khabar November 06,2019 Comments

२२ कार्तिक काठमाडौं। २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फको बन्द सूचीबाट नाम अझै नहटाएकाले भक्तपुर र कास्कीका पाँच जना उम्मेदवारको उम्मेदवारी बदर भएको छ।कम्प्युटर रेकर्डमा बन्द सूचीमा नाम भेटिएपछि उनीहरुको नाम बदर भएको हो।

उम्मेदवारी बदर हुनेमा भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा (क)तर्फको उम्मेदवारी आमुल परिवर्तन पार्टीका उम्मेदवार डिल्ली चौलागाई र राप्रपा संयुक्तका रामशरण लामिछाने रहेको निर्वाचन आयोगले जनाएको छ।त्यस्तै प्रतिनिधि सभा सदस्यतर्फ कास्की निर्वाचन क्षेत्र नम्बर –२ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गजेन्द्र सङ्बो लिम्वु, राष्ट्रिय नागरिक पार्टीका नवराज घले तथा राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जसवन्त बिक्रम शाहको उम्मेदवारी बदर भएको हो।