https://www.youtube.com/embed/4-Li0dGBEGw

Amrit Bhandari Song

गीतकार भण्डारीको सारा कुरा बिर्सियौकी भिडियो सार्बजनिक

Hollywood Khabar November 10,2018 Comments

अमेरिकाको टेक्सासमा बस्दै आएका गीतकार अमृत भण्डारीले शब्द रचना गरेको गीत समाजिक संजालमार्फत सार्वजनिक गरिएको छ । सारा कुरा बिर्सियौ की भन्ने बोल रहेको उक्त गीतमा संगित यादव नाथ योगी र स्वर बिन्दु परियारको छ ।

म्युजिक भिडियोको निर्देशन संचारकर्मि पे्रम बिवस घर्तिले गरेका छन् । भिडियोमा मिलन बिछोड अनि आफ्नो मायालुलाई लामो समय सम्म भेट नहुदा हुने छटपटि देखाउन खोजिएको छ । भिडियोको छायाङकन दाङ जिल्लाका रमनिय स्थानहरुमा गरिएको छ । पुर्ब जनमुक्ति सेनाहरुले संचालनमा ल्याएको दाङ घोराहीको डुमरगाँऊमा रहेको फूलखेति पनि भिडियोमा कैद गरिएको छ । भिडियोको मुख्य भुमिकामा सन्ध्या मगर र नबिन घर्ती छन् ।

गीतकार आफैले छायाङकन तथा सम्पादन गरेको यस गीतको भिडियोमा सामान्य उपकरण हरु क्यानन ८० डि क्यामेरा तथा ज्ययुन क्रेन भिटु प्रयोग गरिएको भएता पनि भिडियो आकर्षक बनेको निर्देसक घर्ती ले दाबि गरेका छन् ।