ऋषभ घिमिरे,गादावरी 

भानु झै चम्कने चाह, सन्दर्भ : २०४ औं भानु जयन्ती

Hollywood Khabar July 13,2017 Comments

भानु झै चम्कने चाह मन भित्र रहि रहोस् 
साथमा हर्दम एउटा रामायण रहि रहोस् । 
काढाले पनि कोर्दैन रामायण बुझ्यौ भने 
पीडाले पनि छुदैन रामलाई चिन्यौ भने।। 
तिमीले कविता लेख्नु भाव विम्व छछल्किने 
भविष्य,दृष्टि, सौन्दर्य सुविचार उदाउने । 
मर्यादा रामको जस्तै बोकि राख्नु सधै तिमी
 सीताको सत्यको गाथा बोकि राख्नु सधै तिमी।। 
कविता फैलदै जाओस् भानुको रश्मि झै सधै 
कवि हुनु युगका द्रष्टा मौरीका रानु झै सधै । 
पद चिन्ह तेहि टेकि भानु कै मार्गमा हिड
दुर्भावनाहरू त्यागि सुमार्गमा हिडि रहुँ।
घमण्डहरू त्यागेर आदर्श बोक्नु पर्दछ 
विसंगतिहरूलाई कविले रोक्नु पर्दछ । 
कवि बन्दछु भन्नेले राष्ट्रको हित सोच्दछ 
सबैले गाउने मिठा राष्ट्रको गित लेख्दछ।