साङ्केतिक तस्बिर:साभार वेब

भारतमा नेपाली यात्रु बोकेको बस दुर्घटना:६ को मृत्यु,२१ घाइते

Hollywood Khabar February 21,2020 Comments

११ फागुन काठमाण्डौं।दक्षिण भारतीय राज्य तमिलनाडुको सालेममा बुधबार राति बस दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु भएको छ।३४ जना नेपाली तीर्थयात्रुहरु बोकेको बस कन्याकुमारीबाट कर्नाटकको बैंग्लोर जाँदै गरेका बेला दुर्घटनामा परेको हो।मृत्यु हुनेमा चार जना पुरुष दुई जना महिला छन्।

दुर्घटनामा वीरबहादुर राई, टिकाराम चौधरी, गोपाल तामाङ, विष्णु दाहाल, फुलसरी चौधरी र बुधनी चौधरीको मृत्यु भएको सँगै यात्रामा गएका अमरनाथ चौधरीले जानकारी दिए।‘कर्नाटकको मधुराईस्थित मिनाक्षी मन्दिर दर्शन गरेर नासिक फर्कने क्रममा दुर्घटना भएको हो।

दुर्घटनामा परि २१ जना घाइते भएका छन्।अधिकांशको हातखुट्टा भाँचिएको र केही ढाडमा समेत चोट लागेको छ।घाइते मध्ये जसमध्ये चार जना गम्भीर रहेको चौधरीले बताए।घाइतेहरुको सालेमकै सरकारी अस्पतालमा उपचार भइरहेको छ।