Hollywoodkhabar advertisement

भारतीय हास्यकलाकार भारती सिंह र उनका श्रीमान प्रहरी हिरासतमा

-भारतीय हास्यकलाकार भारती सिंह र उनका श्रीमान प्रहरी हिरासतमा, Picture from The India Express
0
shares

भारतीय चर्चित हास्य कलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाइ भारतीय प्रहरीले लागु औषधिको केशमा हिरासतमा लिएको छ।

The India Express, BBC India लगायत दर्जनौं एजेन्सीले सो संबन्धि समाचार प्रसारित गरेका छन्। भारती सिंह टेलिभिजनकी लोकप्रिय हास्य कलाकार हुन्। यी दुवैजनालाई लागु औषध गाँजाको केसमा गिरफ्तार गरेर भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हिरासतमा राखेको छ। उनीहरु डिसेम्बर ४, २०२० सम्मका न्यायिक हिरासतमा रहने बताइएको छ। उनीहरुको घरबाट गाँजा भेटिएको कुरा एनसीबीका अधिकारीहरूले बताएका छन्।